बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ- प्रदेश प्रमुख शेरचन ३ करोडको लगानीमा बुटवलमा खुल्यो ग्याष्ट्रो सेन्टर, फाइब्रोस्क्यान सेवा समेत उपलव्ध हुने (भिडियो) स्थापना दिवशमा व्याडमिन्टन प्रतियोगिता ‘कृषि क्षेत्रमा समस्यै–समस्या’ आम्दामा चिकित्सकमाथि आक्रमण प्रकरणः कारबाहीको माग गर्दै डाक्टरहरू आन्दोलनमा रोटरी क्लब अफ बुटवलले ३१ औ स्थापना दिवस भोली मनाउँने बीबी एअरवेजले भैरहवा बाट मलेसियामा उडान भर्ने तयारी आज पनि हल्का वर्षा र हिमपातको सम्भावना लुम्बिनी बौद्ध विश्वविद्यालयको बार्षिकोत्सवमा सरसफाई र रक्तदान लुम्बिनी बौद्ध विश्वविद्यालयको स्थापना दिवसमा सिटी क्याम्पसमा रक्तदान                
समाचार :

सियारीका अतिविपन्न १४ परिवारलाई घर

रुपन्देहीको सियारी गाउँलिकाले अति विपन्न १४ परिवारलाई आवास निर्माण गरिदिएको छ । पालिकाले उपभोक्ता समिति मार्फत निर्माण गरेको आवासको गाँउपालिकाले हस्तान्त्रण समेत गरेको छ ।

सियारी गाउँपालिका भित्रका अति बिपन्न मध्येका १४ परिवारको पहिचान निर्माण गरिएको आवासलाई सम्बन्धीत परिवारलाई हस्तानत्रण गरिएको हो ।

गाँउपालिकाले आर्थिक बर्ष २०७९÷०८० को बजेटमा विपन्न परिवारको पहिचान गरी प्रत्येक बडामा दुई परिवारलाई आवास निर्माण गर्ने गरी बजेट विनियोजन गरिएको थियो ।

पालिकाले एउटा घर निर्माणका लागि ५ लाख रुपैया र उपभोक्ता समितिले ६१ हजार ७ सय ४४ रुपैया सहित ५ लाख ६१ हजार ७ सय ४४ रुपैयाको लागत सहभागितामा घर निर्माण गरिएको हो ।

पालिकाले उपभोक्ता समिति मार्फत निर्माण गरेको आवासलाई सियारी गाँउपालिकाका अध्यक्ष थानेश्वर घिमिरे, उपाध्यक्ष तारा थारु र सम्बन्धीत वडाका वडा अध्यक्षले सम्बन्धीत घरधनीलाई घर हस्तान्त्रण गरे।

उक्त घरमा दुई वटा कोठा, एउटा भान्सा, एउटा सानो व्रन्डा र सौचालय रहेको छ । लामो समयदेखि कच्ची र चुईने छानोमुनि बस्दै आएका ती परिवारले पक्की घर पाएपछि शुसीले दङ्ग परेका छन् ।

सियारी ५ की चन्मति थारुले पक्की घर पाएपछि आफुहरुलाई बस्न, बालबच्चालाई पढाउन निर्क सहज भएको उल्लेख गर्दै गाउँपालिकालाई धन्यवाद दिईन । उनले यस अघि आफुहरु माटो गारो र खपटाको चुईने छतमुनि बसेर गुजारा चलाउदै आएको बताईन् ।

सियारी गाँउपालिकाले निर्माण गरी हस्तान्त्रण गरेका ती घरलाई पालिकाको सहमतिविना बिक्रि बितरण गर्न नमिल्ने गरी आबश्यक कार्यबिधि बनाउन लागिएको गाँउपालिका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिए ।

उनले अति विपन्न परिवारका लागि भनेर निर्माण गरिएको घरलाई बित्रि बितरण गर्न दिए अनुदानको दुरुपयोग हुने हुँदा यसलाई बिक्रि वितरणमा रोक लगाउने गरी कार्यबिधि बनाउन लागिएको बताए ।

सियारीले नयाँ जनप्रतिनिधि आएपछि शुरु गरेको सियारी आवास योजनालाई यस आर्थिक बर्षमा निरन्तरता दिने गरी बजेटको बिनियोजन गरिएको गाउँपालिका उपाध्यक्ष तारा थारुले जानकारी दिईन ।

उनले गास, बास र कपासको अभाव भएका अति विपन्न परिवारलाई आवास तयार गरी हस्तान्त्रण गरिएको बताउदै शंरक्षणमा ध्यान दिन आग्रह गरिन ।

जनताको नजिकको सरकारको रुपमा रहेका स्थानिय पालिकाहरुले यस्तै खालको जनताले अपनत्व पाउने खालका कार्यक्रममा जोड दिनु पर्ने देखिन्छ । यस्ता खालका कार्यक्रमले सरकार र नागरिक वीचको सम्बन्ध थप बलियो बन्न टेवा पुग्ने समेत देखिन्छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार