रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

बुटवल उद्योग वाणिज्य संघमा हरीप्रसाद अर्याल प्यानलको उम्मेद्वारी घोषणा

बुटवल उद्योग वाणिज्य संघको नयाँ नेतृत्वको लागि हरीप्रसाद अर्याल प्यानलको उम्मेवारी घोषणा गरिएको छ ।

शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरी उम्मेवारी घोषणा गरिएको हो ।

यहि असोज १९ देखि २२ गतेसम्म हुन लागेको ७० औं वार्षिक साधारण सभा तथा २५ अधिवेशनबाट संघको नेतृत्व लिनको लागि अध्यक्ष पदमा संघका पूर्व वाणिज्य उपाध्यक्ष समेत रहेका हरीप्रसाद अर्यालले उम्मेदवारी घोषणा गरेका छन् ।

उनको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा टंकप्रसाद गैरे, उद्योग उपाध्यक्षमा सुरज भट्टराई, वाणिज्य उपाध्यक्षमा विमलराज भट्टराई, महासचिव पदमा मुक्ति अधिकारी, कोषाध्यक्ष पदमा बसन्तप्रसाद ढकाल, सचिव पदमा भेषराज गैरे र सहकोषाध्यक्ष पदमा धनकुमारी खनालले उम्मेदवारी घोषणा गरेका छन् ।

वरिष्ठ उपाध्यक्ष पदमा टंकप्रसाद गैरे र वाणिज्य उपाध्यक्ष पदमा विमलराज भट्टराईलाई दिनेशप्रसाद श्रेष्ठको प्यानलमा पनि राखिएको छ ।

उम्मेदवारी घोषणा गर्दै अध्यक्ष पदका उम्मेदवार अर्यालले गौरवमय इतिहास बोकेको बुटवल उद्योग वाणिज्य संघले नयाँ सोंच, कार्यशैली, व्यवसायीमैत्री कार्यक्रम दिन सक्ने चलायमान नेतृत्वको आवश्यकता महशुस गरी आफ्नो नेतृत्वमा उम्मेदवारी दिन गईरहेको बताए ।  उनले उम्मेदवारी घोषणा गर्दै आफू र आफ्नो समुह विजयी भएमा ११ बुदे प्राथमितकता पनि राखेका थिए ।

यो समुहले पदाधिकारी सहित कार्यसमिति सदस्यको उम्मेदवार पनि घोषणा गरेको छ । यो समुहबाट कार्यसमिति सदस्यमा काशीराम पौडेल, दीपक चापागाई, जमुना पौडेल, लोकनाथ पाण्डे, जगन्नाथ न्यौपाने, नमकला वेलवासे, रामबहादुर भण्डारी, सुनिता बञ्जाडे, गणेश भट्टराई, दीपक घिमिरे, माधवप्रसाद भुसाल, कमला पन्थ, ज्ञानबहादुर पुन, दीप आचार्य, सवर मिया, इर्साद अली र नारायण रायमाझीको नाम घोषणा गरिएको हो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित