निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

बुटवलका मुस्लिम समूदायले मनाए बाजागाजा सहित ‘मोहम्मद डे` (तस्वीरहरु)

बुटवल । देशभरका मुस्लिम समूदायले इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्म जयन्ती (मोहम्मद डे) मनाएका छन् ।

नेपालका विभिन्न स्थान तथा विश्वभरका मुसलमान धर्मावलम्बीले इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्ललाहु अलैवसल्लामको १४९८ औँ जन्म जयन्ती मनाएका हुन् ।

बुटवलमा इस्लाम धर्मावलम्बीले बिहानैदेखि बाजागाजा र झण्डासहित बुटवल नगरको परिक्रमा गरी ‘मोहम्मद डे’ मनाए । यस्तै रुपन्देहीको भैरहवा लगाएत आसपासका जिल्लाहरु जस्तै अर्घाखाँची , पाल्पा , कपिलवस्तु , दाङ्ग र नेपालगन्ज जिल्लामा पनि ‘मोहम्मद डे’ मनाइएको छ ।

सहभागीहरुले राष्ट्रिय झण्डा सहित नगर परिक्रमा गरेका थिए ।

इस्लामी पात्रोको तेस्रो महिना रविउल्ल अवलको १२ तारिखको दिन नेपाली मुसलमानसहित विश्वभरिका मुसलमान धर्मावलम्बीले विभिन्न धार्मिक कार्यक्रम गरी मोहम्मद डे मनाउँदै आएको रजाए मुस्तफा जामे मस्जिद बुटवलका अध्यक्ष हाजी ईस्माईल अलिले बताए ।

‘हजरत मोहम्मदको जन्म इस्लामी पात्रो हिजरी सम्वत्को रविउल्ल अवल महिनामा साउदी अरबको मक्कामा बिबी आमिनाको कोखबाट भएको हो’ , अध्यक्ष अलिले भने, ‘उहाँको निधन ६३ वर्षको उमेरमा साउदीकै मदिनामा भएको थियो। मोहम्मदको जन्मदिनमा विभिन्न नाअत शरिफ वाचन गर्ने तथा उहाँका उपदेश र वाणीको स्मरण गर्ने गरिन्छ ।’

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित