रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

बुटवल उद्योग वाणिज्य संघको चुनाव : अध्यक्षमा अर्याल र श्रेष्ठ भिड्ने

बुटवल उद्योग वाणिज्य संघको नयाँ नेतृत्वको लागि यही असोज १९ गतेदेखि ७० औं साधारणसभा तथा २५ औं अधिवेशन हुंदैछ ।

यस क्षेत्रकै पुरानो तथा धेरै उद्योगीरव्यवसायी आबद्ध रहेको संघको नेतृत्वका लागि व्यवसायीहरू दुई छुट्टाछुट्टै समूह बनाएर आन्तरिक प्रचारप्रसार तथा भेटघाटमा जुटिरहेका छन ।

संघको पूर्व वाणिज्य उपाध्यक्ष तथा यस अघिका अध्यक्षका प्रत्यासी हरिप्रसाद अर्याल र वरिष्ठ उपाध्यक्ष दिनेशकुमार श्रेष्ठ छुट्टाछुट्टै समूहमा आफूलाई जिताउन आग्रह गर्दै व्यवसायीदेखि विभिन्न समूहसम्म पुगिरहनुभएको छ । अधिवेशनले तीन वर्षे कार्यकालको लागि नयां नेतृत्व चयन गर्नेछ ।

चुनावी सरगर्मी बढेसंगै यस पटकको अधिवेशनलाई विशेष महत्वका साथ हेरिएको छ । अर्याल विगतको निरन्तरतालाई क्रमभंग गर्ने तयारीमा छन् भने, श्रेष्ठ विगतको परिवेशलाई निरन्तरता दिने तयारीमा छन् ।

अर्यालको नेतृत्वमा सबै विचार समूहको सहभागितामूलक समावेशिता देखिएको छ । चुनावी मैदानमा आउने तयारीमा रहेका दुई समूहमध्ये को नेतृत्वमा आउला भन्ने विषयमा व्यवसायीहरूले आ–आफनो अड्कल काटिरहेका छन ।

संघमा केही खास व्यक्तिहरू मात्र सधैं हावी भएको भन्दै व्यवसायीहरू नयां अनुहार ल्याउने पक्षमा रहेको बताइन्छ ।

स्रोतका अनुसार यो पटक अर्याललाई रणनैतिक हिसावले महत्व राख्ने व्यक्तिहरू र व्यवसायीले साथ दिने बुझिएको छ । बुटवलको गिर्दो व्यापारलाई पुरानै लयमा फर्काउने एजेन्डा आफूसंग रहेको अध्यक्षका आकांक्षी हरिप्रसाद अर्यालले बताए ।

त्यस्तै अर्का अध्यक्षका आकांक्षी दिनेशप्रसाद श्रेष्ठले प्रतिस्पर्धी संघ र प्रतिस्पर्धी बजार बनाएर आफू अघि बढ्ने बताए ।
अर्याल कार्यसमिति सदस्य, महासचिव र वाणिज्य उपाध्यक्ष भइसकेका व्यक्ति हुनुहुन्छ भने, श्रेष्ठले कार्यसमिति सदस्य, कोषाध्यक्ष, महासचिव हुँदै वरिष्ठ उपाध्यक्षको भूमिका निर्वाह गरिसकेका छन् ।

अर्यालले वरिष्ठ उपाध्यक्षमा टंकप्रसाद गैरे, उद्योग उपाध्यक्षमा सुरज भट्टराई, वाणिज्य उपाध्यक्षमा विमलराज भट्टराई, महासचिवमा मुक्तिप्रसाद अधिकारी, कोषाध्यक्षमा वसन्त ढकाल, सचिवमा भेषराज गैरे र सह कोषाध्यक्षमा धनाकुमारी खनाललाई अघि सारेका छन् ।

त्यस्तै श्रेष्ठले पनि वरिष्ठ उपाध्यक्षमा टंक गैरे, उद्योग उपाध्यक्षमा नवीन श्रेष्ठ, वाणिज्य उपाध्यक्षमा विमलराज भट्टराई, महासचिवमा बाबुराम विक, कोषाध्यक्षमा प्रकाशकुमार श्रेष्ठ र सचिवमा प्रतीक पौडेललाई अघि सारेर चुनावी प्रतिस्पर्धा गर्ने तयारीमा छन् ।

संघमा एक हजार ७ सय ७८ व्यवसायी आबद्ध छन । संघका महासचिव विमलराज भट्टराईले समग्र व्यावसायिक हित हुने गरी संघको नेतृत्व चयन हुन आवश्यक रहेको बताए ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित