रोटरी रुपन्देहीद्वारा पत्रकार भगवती पाण्डे ‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार’ बाट सम्मानित रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि                
समाचार :

पर्यटन दिवस : लुम्बिनीमा पर्यटकलाई भव्य स्वागत

लुम्बिनी ।   लुम्बिनी विकास कोष र पर्यटन व्यवसायीहरुले ४४ औँ विश्व पर्यटन दिवसका अवसरमा बुधबार बुद्वजन्मस्थल लुम्बिनी आएका पर्यटकहरुलाइ स्वागत गरेको छ ।  कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले चिन र फ्रान्सबाट आएका पर्यटकलाई मायादेवि प्रवेशद्वारमा स्वागत गरेका हुन ।
उक्त अवसरमा उपाध्यक्ष डा. लामाले लुम्बिनी  विश्व शान्तिको केन्द्र भएको बताउदै लुम्बिनि भ्रमणका लागि आह्वान गरे । उनले विश्वले बुद्वजन्मस्थल लुम्बिनीलाई बौद्विष्टहरूको  भ्रमण पहिलो केन्द्र बनाउन समेत आग्रह गरे । लुम्बिनी विकास कोष र लुम्बिनी होटल संघ नेपाले संयुक्त रूपमा पर्यटकलाइ स्वागत गरेर दिवस मनाइएको हो ।

लुम्बिनी आएका पर्यटकलाई लुम्बीनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई, बरिष्ठ निर्देशक ज्ञानिन राई, कोषका सुचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राई,  लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द ज्ञवाली लगायतले पर्यटकलाई खादा र उपहार दिएर स्वागत गरेका थिए ।

सन् १९७० सेप्टेम्बर २७ मा संयुक्त राष्ट्रसङ्घीयणण विश्व पर्यटन सङ्गठनको स्थापना भएपछि सोही दिनको संस्मरणमा सन् १९८० देखि प्रत्येक वर्ष विश्व पर्यटन दिवस मनाउँदै आइएको हो । लुम्बिनीमा पछिल्लो बर्ष पर्यटकहरू बढदै गएको सुचना तथा जनसम्पर्क अधिकृत डा. हरिध्वज राइले जानकारी दिए । उनले लुम्बिनी भ्रमणका लागि अब उपयुक्त मौसम शुरु भएकाले स्वदेशी तथा विदेशी पर्यटकहरुलाई भ्रमणका लागि निम्तो दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार