रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागि प्रस्तावित मनोनयन दस्तावेज पेश गरिने

लुम्बिनी । प्राचिन शाक्य गणराज्यको राजधानी शहर तिलौराकोट कपिलबस्तुलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागि यहि सेप्टेम्बर ३० भित्र प्रस्तावित मनोनयन दस्तावेज यूनेस्को विश्व सम्पदा केन्द्रमा पेश गरिने भएको छ ।

 तिलौराकोट कपिलबस्तुलाई सम्भावित विश्व सम्पदा सूचीमा सुचीकृत गर्ने प्रक्रियालाई राष्ट्रिय प्राथमिकतामा राखि सरकारी तथा सरोकारवाला निकायहरुबाट चाहिने आवश्यक सहयोग साधन, श्रोतको सुनिश्चिता सरलता र मार्गनिर्देशका लागि गठित निर्देशक समितिको मंगलबार लुम्बिनीमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष एंव निर्देशक समितिका संयोजक संविधानसभा सदस्य डा. ल्हारक्याल लामा (खेन्पो छिमे) को अध्यक्षतामा बसेको बैठकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरुद्धारा तयारी गरी अन्र्तराष्ट्रिय सम्पदा विशेषज्ञ डा. डंकन मार्सलद्धारा तयार गरिएको रणनीतिक मनोनयन दस्तावेजको मस्यौदालाई पेश गर्ने निर्णय गरिएको हो ।

। विश्व सम्पदा महासन्धि अनुसार सेप्टेम्बरभित्र तयार मस्यौदा मनोनयन दस्तावेज पुरातत्व विभाग हुँदै सँस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मार्फत विश्व सम्पदा केन्द्रमा पेश गरिने लुम्बिनी विकास कोषका बरिष्ठ निर्देशक एंव मनोनयन दस्तावेज तयारीका संयोजक ज्ञानिन राईले जानकारी दिए । अन्तिम मनोनयन दस्तावेज नेपाल सकारले स्न २०२४ को फेब्रुअरी १ तारिख अगावै पेश गर्नुपर्ने यूनेस्को महासन्धिमा उल्लेख छ ।

यूनेस्को जापानीज फण्ड इन ट्रष्ट परियोजना अन्तर्गत दुर्हाम विश्वविद्यालयका प्रोफेसर रविन कनिङघमको नेतृत्वमा सन् २०१४ देखि गरेको बैज्ञानिक पुरातात्विक उत्खननबाट तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागि पर्याप्त आधार र प्रमाणहरु जुटाएको थियो ।
बैठकमा कोषका उपाध्यक्ष एंव निर्देशक समितिका संयोजक डा. ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ) ले तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सुचीकृतका लागि आवश्यक प्रक्रियागत कामहरु पूरा गर्नका लागि कोषका तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता जनाए ।
विश्व सम्पदा महासन्धिले तोकेको मापदण्ड र आधार पूरा गरेर शाक्य गणराज्यको राजधानी तिलौराकोट कपिलबस्तुलाई सन् २०२५ सम्ममा विश्व सम्पदा सूचीमा सूचीकृतका लागि प्रक्रियागत कामहरु गर्न निर्देशक समितिले निर्णय गरेको लुम्बिनी विकास कोषका बरिष्ठ निर्देशक राईले जानकारी दिए ।
विश्वसम्पदा सूचीमा सूचीकृतका लागि विश्व सम्पदा केन्द्रको मुख्य कार्यालय फ्रान्स सहित विश्व सम्पदा केन्द्रका सदस्य राष्ट्रहरुमा तिलौराकोट कपिलबस्तु सुचीकरणका लागि प्रचार प्रसार र लविङका कार्यक्रमहरु गर्ने समेत बैठकले निर्णय गरेको छ ।

निर्देशक समितिको बैठकमा संस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्रालयका सहसचिव दामोदर गौतम, पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्ग, कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई, सदस्य सचिव सानुराजा शाक्य, निर्देशक समितिका सदस्य सचिव एंव कोषका बरिष्ठ निर्देशक ज्ञानिन राई, पुरातत्व विभाग विश्व सम्पदा शाखा प्रमुख रमेश पौडेल, कपिलबस्तु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद अर्याल, बोर्ड सदस्य गोपीकृष्ण शर्मा लगायतको उपस्थिती रहेको थियो ।  तिलौराकोट विश्वसम्पदा सूचीमा सुचीकृत भए यो लुम्बिनीपछिको सबैभन्दा महत्वपूर्ण सम्पदा क्षेत्र बन्ने छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित