रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

लुम्बिनी स्थित मायादेवी मन्दिर प्रवेश शुल्क बृद्धि

बुद्ध जन्मस्थल लुम्बिनी स्थित मायादेवी मन्दिर प्रवेश शुल्क बृद्धि गरिएको छ ।

स्थानीय सरोकारवालाको अनुरोध र सर्वोच्च अदालतको आदेश विपरीत लुम्बिनी विकास कोषले शुल्क बृद्धि गरेको हो । कोरोना महामारीले थलिएको पर्यटन क्षेत्र उकास्न राहत प्रदान गर्नुपर्नेमा कोषले प्रवेश शुल्क बृद्धि गरेको हो ।

कोषको गत साउन २९ गते बसेको परिषद् बैठकले असोज १ गतेबाट शुल्क बढाउने निर्णय गरेको थियो । उक्त बैठकले नेपालीलाई तय गरिएको प्रवेश शुल्क बृद्धि गरेको छैन । भारतीय, सार्क र तेस्रो मुलुकका पर्यटकका लागि बढाइएको छ ।

साउनमै शुल्क बढाउने निर्णय भए पनि निर्णय कार्यान्वयन पछि मात्रै बल्ल यसबारे पर्यटन क्षेत्रमा सरोकार राख्नेलाई बल्ल जानकारी भएको हो । भारतीय नागरिकका लागि यसअघि ४० रुपैयां शुल्क थियो ।

अहिले ८० रुपैयां पुर्याइएको छ । सार्क मुलुकका नागरिकका लागि यसअघि तीन सय रुपैयां शुल्क थियो । अहिले उक्त शुल्क बृद्धि गरेर चार सय रुपैयां बनाइएको छ ।

तेस्रो मुलुकका नागरिकले मायादेवी प्रवेश गर्न ६ सय रुपैयां तिर्नुपथ्र्यो ।

अहिले ८ सय बनाइएको छ । कोष सदस्य सचिब सानुराजा शाक्यले सबैतिर महंगी बढेकाले शुल्क पनि बृद्धि गरिएको बताए । थोरै शुल्क बृद्धिलाई अन्यथा लिन नहुने उनको भनाई छ ।

यहाँ २०६५ सालबाट प्रवेश शुल्क लगाएको थियो । उक्त निर्णय बिरुद्ध स्थानीय दीलीप बनियाँले सर्वोच अदालतमा मुद्दा दायर गरेका थिए ।

अदालतले शुल्क नलिन आदेश गरेको थियो । आदेशपछि नेपालीबाट शुल्क नलिए पनि विदेशीबाट विकास कोषले असुल्दै आएको थियो ।

तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको अध्यक्षतामा २०७५ जेठ १ गते बसेको बैठकले उही वर्षको भाद्र १ गतेदेखि नेपालीबाट पनि शुल्क लिने निर्णय गरेको थियो । पहिले एउटा टिकटको ३ दिनसम्म मान्यता हुन्थ्यो ।

अहिले विहान ६ बजेदेखि सांझ ८ बजेसम्म मात्र मान्य हुन्छ । कतिपयले शुल्क बढाइएकाप्रति असन्तुष्टि समेत व्यक्त गरेका छन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित