रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

देबिनगरमा गणपति मिष्ठान्न भण्डारको छैठौं शाखा आज देखि शुभारम्भ

बुटवल । प्रतिष्ठित गणपति मिष्ठान्न भण्डारको छौठौं शाखा देवीनगरमा शुभारम्भ भएको छ । सोमबार बुटवल उप–महानरपालिकाका प्रमुख खेलराज पाण्डेयले रिवन काटेर मिष्ठान्न भण्डारको शुभारम्भ गरेका हुन ।
व्यवसायी मेघराज पन्तले फेन्चाईजको रुपमा देवीनगरमा सञ्चालनमा आएको छ । सोमबार बुटवल उप–महानरपालिकाका प्रमुख खेलराज पाण्डेले पसलको शुभारम्भ गर्दै व्यवसायीक सफलताको शुभकामना दिए । लामोसमय देखि सैनामैना नरपालिका वडा नम्बर १ मा पशुपालन फार्म सञ्चालन गर्दै आएका उनले देवीनगरमा शाखा सञ्चालनगरेका हुन ।
फार्ममा उत्पादित दुध, दही घीउ बाट शुद्ध परिकार पस्कीने गरी यो शाखा शुभारम्भ गरिएको सञ्चालक पन्तले जानकारी दिए । सैनामैनामा रहेको उनको फार्ममा अहिले १ सय १५ वटा गाई र ४ वटा भैसी रहेका छन् भने दैनिक ३ सय लिटर दुध उत्पादन हुदै आएको छ । देवीनरको मिष्ठान्न भण्डारमा उनले ११ जनालाई प्रत्यक्ष रुपमा रोजगारी दिएका छन् । पछि डेरीजन्य पोड्क्ट उत्पादन गर्दा थप २५ देखि ३० जनालाई रोजगारी दिने योजना रहेको जानकारी दिए । पहिलो चरणमा आम्दानीको १ प्रतिशत रकम सामाजिक क्षेत्रमा लगाउने समेत योजना रहेको सञ्चालक पन्तले जानाकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित