रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

कसौधन सेवा समितिले बनायो आफ्नै भवन

बुटवल । कसौधन सेवा समिति रुपन्देही बुटवलको नवनिर्मित भवनको उद्घाटन, आठौं वार्षिक साधारण सभा तथा छैठांै अधिवेशन सोमबार सम्पन्न भएको छ ।

सेवा समितिका सदस्यहरुबाट संकलन गरिएको रकमबाट निर्माण गरिएको भवनको बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले उद्घाटन गरे । भवन उद्घाटन गर्दै नगरप्रमुख पाण्डेयले सबै धर्म संस्कृती र भाषभाषीका अधिकारलाई सम्बोधन गर्न नगरपालिका सदैव सकारात्मक रहेको बताए ।

उनले नगरको विकासका लागि सबैको हातेमालो आवश्यक रहेको उल्लेख गर्दै कसौधन सेवा समितिको भवन निर्माणका लागि अहिले केही सहयोग उपलब्ध गराएको र आगामी दिनमा भवनको तल्ला थप्ने कार्यमा पनि थप सहयोग गर्ने आश्वासन दिए ।

सेवा समितिका अध्यक्ष राधेश्याम कसौधनको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल वडानम्बर ५ का वडाध्यक्ष हरिप्रसाद श्रेष्ठ, सेवा समितिका संस्थापक अध्यक्ष जवाहरलाल कसौधन, समितिका संरक्षक अशोक कुमार कसौधन, महिला समितिका संस्थापक अध्यक्ष पुष्पा कसौधन, पुर्व अध्यक्ष सिता कसौधन, महिला समितिका अध्यक्ष निशा कसौधन, युवा समितिका अध्यक्ष अनिस कसौधन, पुर्व अध्यक्ष धर्मेन्द्र कसौधन, महासचिव महादेव कसौधन लगायतले नयाँ भवन निर्माणले कसौधन समितिका सदस्यहरुलाई धेरैनै खुशी दिएको बताए ।

कसौधन सेवा समितिले आफ्नै पहलमा खरिद गरेको जग्गामा अहिले ३३ लाखबढी रकममा भवन निर्माण गरेको सेवा समितिका उपाध्यक्ष सन्दिप कसौधनले जानकारी दिए ।

एक हल सहितको कार्यालय भवन निर्माणका लागि कसौधन सेवा समिति, महिला समिति र युवा समितिका सदस्यहरुबाट आर्थिक सहयोग जुटेको उउनले बताए  ।

भवन निर्माणका लागि तीन लाख रुपैया नगरपालिकाले सहयोग गरेको समेत बताए । यसैबीच सोमबारनै भएको छैठौं अधिवेशनले सर्वसम्मतिको प्रयास गरेको उपाध्यक्ष कसौधनले जानकारी दिए। सोही कार्यक्रमको अवसर पारेर समितिका पुर्व अध्यक्षलाई सम्मान तथा बुटवल एकमा रहेको सरस्वती आधारभुत विद्यालयका पाँच जना विद्यार्थीहरुलाई महिला समितिले प्रति विद्यार्थी पाँच÷पाँच हजारका दरले छात्रवृति प्रदान गरेको छ ।

स्कुले ब्याग, जुत्ता, कापि कलम लगायतका शैक्षिक सामग्री ति विद्यार्थीहरुलाई प्रदान गरिएको महिला समितिका महासचिव आशा कसौधनले जानकारी दिए । पाँच कक्षासम्म अध्ययन गरेका ति विद्यार्थीहरुलाई कक्षा १० सम्म पढाउने गरि सुरुमा शैक्षिक सामग्री प्रदान गरिएको हो । समितिले विद्यालयलाई फोरलाईन बाईट बोर्ड समेत सहयोग गरेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित