‘स्कुल गट ट्यालेन्ट रुपन्देही’को उपाधि अंकितलाई, अध्यता भण्डारी फस्ट रनर अप हाटबजार व्यवसायी संघद्वारा ३१ औं नियमित वृहत रक्तदान कार्यक्रम सम्पन्न ५ वर्षसम्म पनि किन चल्न सकेनन् दाताले दिएका करोडौंका गाडी? “जेनजी आन्दोलन”को पहिलो मागनै रोजगार थियो, अबको ध्यान त्यता केन्द्रित गर्छु : विष्णु पौडेल चौथो न्यू होराइजन कप अन्तर मावि जिल्ला स्तरीय छात्र भलिबल प्रतियोगिताको उपाधि आयोजकलाई स्पेल–बी च्याम्पियनसिपको उपाधि बुटवलको कान्ति माविलाई प्यारामाउन्ट बोर्डिङ हाई स्कुलमा खेल सप्ताह जारी गुल्मी छत्रकोट–खज्र्याङग रुपन्देही सम्पर्क समाजको आयोजनामा रक्तदान सम्पन्न सार्वजनिक विदाको दिन पनि राजश्व कार्यालय बुटवल खुल्ला लुम्बिनी मात्र हैन, यस्तो छन् लुकेका ठाउँ, गौतम बुद्धले नेपालभित्र समय बिताएको ठाउँ (Video)                
समाचार :

अक्टोवर २० देखि जजिराले पुनः भैरहवाबाट उडान थाल्ने

बुटवल । कुबेतको जजिरा एयरवेजले भैरहवाबाट फेरी उडान थाल्ने तयारी गरेको छ ।

पटक– पटक उडान स्थगित गर्दै आएको जजिराले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अक्टोवर ३० देखि उडान थाल्ने तयारी गरेको छ ।

विन्टर सिजनमा फेरी उडानलाई निरन्तरता दिने भनेर जजिराले नागरिक उड्यन प्राधिकरणमा स्वीकृतको लागि पठाएको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलका महाप्रबन्धन हंसराज पाण्डेले बताए ।

समर सेडुलमा उडान स्थगन गरेको जजिराले विन्टर सिजनमा फेरि निरन्तरता दिने भनेर स्वीकृतको लागि पठाएको आफुलाई जानाकारी भएको बताए ।

उडानको समर सेडुल अक्टोवरमा सकिन्छ । अक्टोवर ३१ देखि ६ महिना विन्टरको तालिका हुन्छ ।

विन्टरको सेड्युलको लागि जजिराले स्वीकृती मागेको हो । १५ महिना अघि गौतमबुद्ध विमानस्थल उद्घाटन भएसंगै जजिराले उडान सुरु गरेको हो । विभिन्न कारण देखाउंदै विचमा २ पटक उडान स्थगित गरेको छ ।

पछिल्लो पटक व्यवसायीक कारण देखाउंदै जेठबाट उडान रोकेको छ । यसअघि जजिराले प्रत्येक हप्ता सोमबार, बुधबार र शुक्रबार कुबेत भैरहवा उडान गर्दै आएको थियो । अब पनि सोहि तालिकामा उडान गर्ने छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित