

बुटवल । रुपन्देहीको तिलोत्तमा मजदुर समुह बीच झडप भएको छ ।
तिलोत्तमा नगरपालिका वडा नं. ९ केरवानीमा मजदुरी काम गर्दै आएका मजदुर समुह बीच झडप भएको छ ।
दुई समुह बीच भएको झडपमा परी एक जनाको मृत्यु भएको छ । झडपका क्रममा हेटौडा घर भइ मंगलापुरमा बस्नदै आएका सुरेश साङताङ रहेको प्रहरीले जनाएको छ ।
झडपमा परी तीन जना गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।
मदिरा सेवन गरी मजदूरहरु धारिलो हतियारसहित आपसी झडपमा उत्रिएका थिए । झडपका क्रममा घाइते हुनेहरुमा काठमाडौं महानगरपालिका–१ बस्ने विकास वाइवा, मकवानपुरका राजु तामाङ र मकवानपुरकै हस्तसिंह तामाङ रहेको प्रहरीले जनाएको छ ।
घाइते तीनै जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
झडपमा संलग्न १३ जना मजदूरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।