

बुटवल। सरकारले ल्याएको शिक्षा ऐन संशोधन विधेयकमा अझैपनि शंका रहेको निजी तथा आवासिय विद्यालय संचालकहरुले गुनासो गरेका छन् ।
गएको बुधबार सरकारले शिक्षा ऐन संशोधन विधेयक संसदमा दर्ता गराएतापनि संस्थागत विद्यालयलाई झुक्याउने खेल पुनः दोहरिन सक्नेभन्दै उनीहरुले सरकारप्रति शंखा गरेका हुन् ।
सरकारले संस्थागत विद्यालयहरुलाई गठिमा जानु पर्ने कुरा उठाउदै आएतापनि अहिले विधेयकमा स्वइच्छा राख्नुपनि शंखा रहेको संस्थागत विद्यालयका संचालनकको गुनासो छ ।
अधिवेशनको उद्घाटन गर्दै नेशनल प्याब्सन नेपालका केन्द्रीय अध्यक्ष पाण्डव हमालले निजी विद्यालयहरुलाई शंखाको घेरामा राख्ने ऐन र विद्येयक नल्याउन सरकारलाई सुझाव दिए ।
उनले संस्थागत विद्यालयहरुले शैक्षिक जनशक्ति उत्पादनमा ठुलो योगदान दिएको बताउँदै सरकारले सम्पुर्ण शैक्षिक संस्थाहरुलाई एउटै ब्यवहार गर्नु पर्ने बताए ।
उनले रुपन्देही जिल्ला शैक्षिक जनशक्ति उत्पादनमा अब्बल र अगाडि रहेको समेत बताए । नेशनल प्याब्सनका रुपन्देही अध्यक्ष पुरुषोत्तम बस्यालले प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको कार्यक्रममा नेशनल प्याब्सन नेपालका पुर्व अध्यक्ष कर्णबहादुर शाही, केन्द्रीय महासचिव पारस मणि दहाल, उपमहासचिव प्रकाश खड्का, केन्द्रीय सचिव कृष्णप्रसाद पौडेल, केन्द्रीय सदस्य बालाकृष्ण तिवारी, देउप्रकाश राई, विष्णुप्रसाद पौडेल, प्रदेश अध्यक्ष कुवर बस्नेत, बाँके अध्यक्ष किशोरराज मल्ल, कानुनी सल्लाहकार गिरीराजमणी खड्का, लगायतले निजी निजी शिक्षण संस्थाहरुले शैक्षिक जनशक्ति उत्पादन मात्र नभएर धेरैलाई रोजगारी दिने गरेको बताए ।
सो अवसरमा १५ वर्षबढी शैक्षिक संस्थामा सेवा गर्दै आएका संस्थागत विद्यालयका १२० बढी शिक्षक कर्मचारीलाई सम्मान गरिएको थियो ।
कोषाध्यक्ष अमरनाथ पाठकद्वारा आर्थिक प्रतिवेदन प्रस्तुत तथा उपाध्यक्ष विलप्रसाद गुरुङ्गको स्वागत मन्तब्यमा भएको कार्यक्रममा संस्थागत विद्यालयतर्फबाट २०७९ को एसईई परिक्षामा उत्कृष्ट अंक ल्याउने चार जना विद्यार्थीलाई नगद सहित पुरस्कृत गरिएको छ ।
अधिवेशनले तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने र नयाँ नेतृत्वका लागि सहमतिको प्रयास भई रहेको एन प्याब्सन सहसचिव विनोद थापा मगरले जानकारी दिए ।