रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

परम्परागत संस्कृति संरक्षणमा मरेङ्गेलीले थाले नयाँ अभियान

बुटवल ।
आधुनिक शैलीमा होटलहरुमा तीजका विभिन्न कार्यक्रम भइरहेको बेला मरेङ–रुपन्देही सम्पर्क मन्चले बुटवलमा परम्परागतरुपमा आफ्नै गीत गाएर तीज विशेष कार्यक्रम गरेको छ ।
बुटवलको जीतगढीस्थित दुर्गा मन्दिरको सभाहलमा रुपन्देही आसपासका मरेङ्गेलीहरुलाई जुटाएर पहिले गाउँघरमा गाइने तीजका भाकाहरु आफै गाएर बजाएर सहभागीलाई दिनभर मनोरन्जन दिलाइएको हो ।
कार्यक्रममा कुनै ठूलो साउन्ड सिस्टमको व्यवस्था गरिएको थिएन न त कुनै ठूलो भोजभतेर नै थियो । तर दिनभर कार्यक्रममा सहभागीले आफै गीत गाए र नाचे अनि सहभागीहरुबाटै मादल तथा बाद्यबाधनको व्यवस्थापन गरिएको थियो । सहभागीहरुले गाउँको भण्डारथुम, तीनसल्ली, नेटाखर्क, कुटिकाचौर, देउरालीको डाँडामा जस्तै कार्यक्रम भएको भन्दै दिनभर मनोरन्जल लिँदै आगामी दिनमा यस्तै प्रकृतिका कार्यक्रम गर्न सुझाएका थिए ।
कार्यक्रममा सहभागी हुन मालारानी गाउँपालिकाका उपाध्यक्ष दीपा पोखरेल, मरेङ्ग गाविसका पूर्वअध्यक्ष चूरामणि भुसाल, मालारानी वडा नं १ का पूर्व अध्यक्ष बालकृष्ण भुसाललगायत आएका थिए ।
सम्पर्क मन्चका अध्यक्ष रामप्रसाद आचार्यको अध्यक्षता तथा सचिव उमेश कुँवरको संचालनमा भएको कार्यक्रममा बोल्दै मालारानी गाउँपालिका उपाध्यक्ष दीपा पोखरेलले कर्म ठाउँमा रहेर जन्म ठाउँको संस्कृति संरक्षणका लागि गरेको प्रयासको प्रशंसा गरिन् । उनले गाउँको विकास र संरक्षणका लागि यस्ता बसाई र भेलाले आपसी आत्मियता बढाउने, लगानीको र सहयोग आदानप्रदानको भावनाको विकास गराउने बताइन् । उनले अब गाउँको बसाईमा पनि योगदान पुग्ने रचनात्मक कामहरुमा सहकार्य गर्नेगरी योजना बनाउन आग्रह गरिन् ।
कार्यक्रममा संरक्षक शालिकराम बन्जाडे, पूर्वअध्यक्ष दिनामणि उपाध्याय, ऋषि आजाद, होराइजन कलेजका प्रमुख गोपाल आचार्य, सान्दे मिलन महिला समूहका पूर्व अध्यक्ष कमला ज्ञवालीलगायतले परम्परागत संस्कृति संरक्षणका लागि मन्चले यस्तै रचनात्मक कार्यक्रम गर्न सुझाव दिएका थिए । कार्यक्रमको शुभारम्भ सहभागी अग्रज महिला यमकला बस्नेत, बालकुमारी आचार्य, बालकुमारी भुसालले गीत गाएर नाचेर गरेका थिए ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित