रोटरी रुपन्देहीद्वारा पत्रकार भगवती पाण्डे ‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार’ बाट सम्मानित रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि                
समाचार :

परम्परागत संस्कृति संरक्षणमा मरेङ्गेलीले थाले नयाँ अभियान

बुटवल ।
आधुनिक शैलीमा होटलहरुमा तीजका विभिन्न कार्यक्रम भइरहेको बेला मरेङ–रुपन्देही सम्पर्क मन्चले बुटवलमा परम्परागतरुपमा आफ्नै गीत गाएर तीज विशेष कार्यक्रम गरेको छ ।
बुटवलको जीतगढीस्थित दुर्गा मन्दिरको सभाहलमा रुपन्देही आसपासका मरेङ्गेलीहरुलाई जुटाएर पहिले गाउँघरमा गाइने तीजका भाकाहरु आफै गाएर बजाएर सहभागीलाई दिनभर मनोरन्जन दिलाइएको हो ।
कार्यक्रममा कुनै ठूलो साउन्ड सिस्टमको व्यवस्था गरिएको थिएन न त कुनै ठूलो भोजभतेर नै थियो । तर दिनभर कार्यक्रममा सहभागीले आफै गीत गाए र नाचे अनि सहभागीहरुबाटै मादल तथा बाद्यबाधनको व्यवस्थापन गरिएको थियो । सहभागीहरुले गाउँको भण्डारथुम, तीनसल्ली, नेटाखर्क, कुटिकाचौर, देउरालीको डाँडामा जस्तै कार्यक्रम भएको भन्दै दिनभर मनोरन्जल लिँदै आगामी दिनमा यस्तै प्रकृतिका कार्यक्रम गर्न सुझाएका थिए ।
कार्यक्रममा सहभागी हुन मालारानी गाउँपालिकाका उपाध्यक्ष दीपा पोखरेल, मरेङ्ग गाविसका पूर्वअध्यक्ष चूरामणि भुसाल, मालारानी वडा नं १ का पूर्व अध्यक्ष बालकृष्ण भुसाललगायत आएका थिए ।
सम्पर्क मन्चका अध्यक्ष रामप्रसाद आचार्यको अध्यक्षता तथा सचिव उमेश कुँवरको संचालनमा भएको कार्यक्रममा बोल्दै मालारानी गाउँपालिका उपाध्यक्ष दीपा पोखरेलले कर्म ठाउँमा रहेर जन्म ठाउँको संस्कृति संरक्षणका लागि गरेको प्रयासको प्रशंसा गरिन् । उनले गाउँको विकास र संरक्षणका लागि यस्ता बसाई र भेलाले आपसी आत्मियता बढाउने, लगानीको र सहयोग आदानप्रदानको भावनाको विकास गराउने बताइन् । उनले अब गाउँको बसाईमा पनि योगदान पुग्ने रचनात्मक कामहरुमा सहकार्य गर्नेगरी योजना बनाउन आग्रह गरिन् ।
कार्यक्रममा संरक्षक शालिकराम बन्जाडे, पूर्वअध्यक्ष दिनामणि उपाध्याय, ऋषि आजाद, होराइजन कलेजका प्रमुख गोपाल आचार्य, सान्दे मिलन महिला समूहका पूर्व अध्यक्ष कमला ज्ञवालीलगायतले परम्परागत संस्कृति संरक्षणका लागि मन्चले यस्तै रचनात्मक कार्यक्रम गर्न सुझाव दिएका थिए । कार्यक्रमको शुभारम्भ सहभागी अग्रज महिला यमकला बस्नेत, बालकुमारी आचार्य, बालकुमारी भुसालले गीत गाएर नाचेर गरेका थिए ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार