रुपन्देही सामाजिक सञ्जाल अस्ट्रेलियाको अध्यक्षमा रञ्जिता भण्डारी मतदाताले गोकर्णलाई भन्छन्, ‘बाआमाको जस्तै छातीभरि हजुरको तस्विर छ’ रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट                
समाचार :

आन्तरिक ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

बुटवल ।
न्यु लुम्बिनी ब्याडमिन्टन क्लबका खेलाडीहरु बिच खेल विकास गर्न आन्तरिक प्रतियोगिता २०८० सम्पन्न भएको छ।
न्यु ब्याडमिन्टन क्लबको हलमा भएको समूह (ए) को फाईनलमा दीप आचार्य र दिपक अधिकारी क्षेत्रीको जोडीले बोनिन पिया र किरण थापाको जोडीलाई २-१ को सेटमा जित निकाल्दै उपाधि जिते। समूह ए मा रोहित पुरी र नारायण तिवारीको जोडी तेस्रो भए।
यसैगरि समूह (बि) मा दिनेश कुमार प्रधान र बोम बहादुर थापाको जोडीले कमल ज्ञवालीले र रमेश पाण्डेको जोडीलाई २-० को सेटमा पराजित गर्दै प्रथम भएका छन। कमल ज्ञवालीले र रमेश पाण्डेको जोडी उपविजेतामा चित्त बुझाए। समुहमा नरेश कुमार श्रेष्ठ र दल बहादुर गाहा तेस्रो भए।
समुह (सि) मा उमाशंकर मालपानी र प्रेम न्यौपानेको जोडीले फाईनल खेलमा महेन्द्र ध्वजु र कृष्ण खनालको जोडीलाई २-१ को सेटमा पराजित गर्दै विजेता बने । महेन्द्र ध्वजु र कृष्ण खनालको जोडी उपविजेतामा चित्त बुझाए। यसैगरि यो समुहमा धनकुमार श्रेष्ठ र हरिशंकर गुप्ता र दिलिप सापकोटा र विजय खनाल तेस्रो भए।
प्रतियोगितामा समूह (सि) मा ४ टिम, (बि) ११ टिम र (ए) मा ६ टिमले भाग लिएको क्लबका सहकोषाध्यक्ष तथा संयोजक गोबिन्द श्रेष्ठले बताए।
एक समारोहका बिच प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जय प्रकाश भट्टराई, क्लबका अध्य‍क्ष बोनिन पिया, महासचिव जिवकान्त काफ्ले पुरस्कार वितरण गरे।
सदस्य सचिव जय प्रकाश भट्टराईले नियमित खेलकुद गतिविधि र प्रतियोगिताबाट नै खेल विकास हुने भन्दै यसमा सरोकारवाला निकायहरु लाग्नुपर्ने बताए। नेपालमा ब्याडमिन्टन खेलको लोकप्रियता बढेको भन्दै नेपालमा सरकारको प्राथमिकताको ११ खेलमा ब्याडमिन्टन पर्ने उनले बताए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित