

रुपन्देहीको तिलोत्तमामा एक महिला मृत फेला परेकी छिन । तिलोत्तमा-१ शंकरनगर बस्दै आएकी ४३ वर्षीया यमकला पन्थी मृत फेला परेकी हुन ।
प्रहरीले पन्थीको हत्या आरोपमा उनका ४५ वर्षीय श्रीमान मुमराज पन्थीलाई नियन्त्रमा लिएको छ ।
गुल्मीको धुर्कोट गाउँपालिका-४ स्थायी घर भई हाल रुपन्देहीको तिलोत्तमामा बस्दै आएकी यमकला भदौं २७ गते बिहान घर अगाडी मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।