रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

बुवाको मुख हेर्ने दिनमै दाङमा छोराले मुड्कीले हान्दा बाबुको गयो ज्यान

बाबुको मुख हेर्ने दिनमै गए राति दाङ धर्नामा छोराले बाबुको हत्या गरेका छन्।

घोराही उपमहानगरपालिका-५ दलजितपुरका २८ वर्षका छोरा सन्तोष केसीले गए राति १० बजे ५१ वर्षका बाबु प्रेमबहादुर केसीको हत्या गरेको दाङ प्रहरीले जनाएको छ।

मादक पदार्थ सेवन गरेका छोराको निर्घात कुटपिटबाट घाइते भएका बाबुको उपचारका क्रममा मृत्यु भएको दाङका प्रहरी प्रमुख रामबहादुर केसीले जानकारी दिए।

कुटपिटमा संलग्न छोरा सन्तोष केसीलाई प्रहरीले नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

मादकपदार्थ सेवन गरेका बाबु र छोराबीच आपसमा विवाद हुँदा सन्तोषले प्रेमलाई मुड्कीले हानेर हत्या गरेको प्रहरीको भनाइ छ।

यसअघि नै उनले घर परिवारसँग पैसा मागिरहने र पैसा नदिए मार्ने, काट्ने भनेर धम्की दिंदै आएको खुलेको छ। छोराले बाबु नमर्दै काजक्रिया गर्ने भन्दै कपाल समेत काटेको स्थानीयहरूले प्रहरी समक्ष बयान दिएका छन्।

विदेश गएर अलपत्र परेपछि घरका बाबु आमाले पैसा हालिदिएर छोरालाई विदेशबाट फर्काएका थिए। विदेशबाट फर्केपछि छोराले दिनहुँ जसो पैसा मागेर घर परिवारलाई सताउने गरेको पनि स्थानीयहरूले प्रहरीलाई बयानमा भनेका छन्।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित