लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

जिल्लास्तरीय स्नुकरको उपाधि खड्कालाई

बुटवल। सातौं जिल्लास्तरीय स्नुकर प्रतियोगिताको उपाधि बुटवलका शंकर खड्काले जितेका छन् ।

खस्यौली स्नुकर क्लब बुटवलमा बिहीबार बेस्ट अफ इलाभेनका आधारमा खेलाइएको फाइनल खेलमा भैरहवाका शिशिर गुरुङलाई ६–४ ले पराजित गर्दै शंकर खड्काले उपाधि जितेका हुन् ।

रुपन्देही पुल तथा स्नुकर संघको आयोजनामा भएको प्रतियोगितामा रुपन्देहीका १२८ जना खेलाडी सहभागी भएका थिए ।

उपाधि विजेता खड्काले ५० हजार र उपविजेता गुरुङले २५ हजार नगद पुरस्कार पाएका छन् ।

प्रतियोगितामा ५५ स्कोरसहित खड्काले हाई स्कोररको नगद १० हजार पुरस्कार पनि हात पारे ।

यस्तै उदियमान खेलाडीमा सम्बन्ध विक र अनुशासित खेलाडीमा सागर गाहा र डेभिड गौचनले समान ५ हजार रुपैयांका दरले नगद पुरस्कार पाएका छन् ।

विजयी खेलाडीहरुलाई बुटवल उपमहानगरपाकिलाका प्रमुख खेलराज पाण्डेयले पुरस्कार र प्रमाणपत्र प्रदान गरे ।

सो अवसरमा उनले स्नुकल खेललाई पनि उपमहानगरले आधिकारिक खेलको मान्यता दिने बताए ।

संघका अध्यक्ष सुजन पुनले स्नुकर खेललाई राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश गर्न तिनै तहका सरकारको ध्यानाकर्षण गराए ।

उनले स्नुकर खेल विश्वमा पुरानो र प्रतिष्ठित खेल भएपनि नेपालमा ओझेलमा परेको गुनासो गरे ।

समापन समारोहमा संघका पुर्व सचिव एवं बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव राना,संघका प्रथम उपाध्यक्ष बासु प्रधान, सचिव प्रकाश क्षेत्री लगायतले संघले आगामी दिनमा राष्ट्रियस्तरको प्रतियोगिता गर्ने बताए ।

समारोहमा प्रतियोगिता सम्पन्न गर्न सहयोग गरेका संघसंस्थालाई सम्मान गरिएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित