मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

रोयल इनफिल्ड हन्टर ३५० को बिक्री शुभारम्भ

बुटवल । रोयल इनफिल्ड बुटवलको लागि आधिकारिक बिक्रेता गैरे प्रतिष्ठान प्रालिले रोयल इनफिल्ड हन्टर ३५० बिहीबारदेखि बिक्री शुभारम्भ गरेको छ ।

नेपालका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रालिले हन्टर ३५० नाडा अटो शोमा सार्वजनिक गरेको हो ।

बुटवल कालिकानगरमा रोयल इनफिल्डको शोरुममा रोयल इनफिल्ड हन्टर ३५० को बिक्री शुभारम्भ गर्दै प्रालिका अध्यक्ष प्रेमराज गैरेले हन्टर अहिलेसम्मकै सबैभन्दा कम मूल्यमा ४ लाख ५० हजार रुपियाँमा सुरुवाती मूल्यमा हन्टर सार्वजनिक गरेको हो भने यसको टप भेरियन्टको मूल्य ४ लाख ७९ हजार रुपियाँ कायम गरेको जानकारी गराएका थिए ।

व्यावसायिक सफलताको शुभकामना व्यक्त गर्ने शुभचिन्तक, आफन्तजन, व्यावसायिक प्रतिष्ठानहरुलाई प्रालिका सञ्चालक लक्ष्मी गैरेले धन्यवाद व्यक्त गरेकी थिइन् ।

कार्यक्रममा प्रालिका वरिष्ठ प्रवन्धक ध्रुव सापकोटाले नयाँ लन्चिङ भएको रोयल इनफिल्ड हन्टरलाई ग्राहकले मन पराउने विश्वास व्यक्त गरे ।

हन्टर रेट्रो र मेट्रो दुई भेरियन्टमा विभिन्न कलरमा उपलव्ध भएको र ३४९ सिसीको सिंगल सिलिण्डर फ्यूल इन्जेक्ट एसओएचसी एण्ड आयल कूल्ड इन्जिनले अधिकतम ६१०० आरपीएममा २०.२ हर्सपावर र ४ हजार आरपीएममा २७ न्यूटन मिटर टर्क जेनेरेट गर्ने यो ईन्जिन ५ स्पीडको गियर बक्स उपलव्ध भएको सापकोटाले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित