लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

सातौं जिल्लास्तरीय स्नुकर: शिशिर, शंकर, विजय र सम्बन्ध सेमिफाइनलमा

बुटवल । सातौं रुपन्देही जिल्लास्तरीय स्नुकर प्रतियोगितामा क्वाटर फाइनल खेलहरु सकिएका छन् ।

रुपन्देही पुल तथा स्नुकर संघको आयोजनामा खस्यौली स्नुकर क्लब बुटवलमा बुधबार सम्पन्न खेलमा विजयी हुंदै शिशिर गुरुङ,शंकर खड्का,विजय थापा र सम्बन्ध विक सेमिफाइन प्रवेश गरेका हुन् ।

प्रतियोगिताका संयोजक विजय गुरुङका अनुसार क्वाटर फाइनल खेलमा सागर गाहालाई पराजित गर्दै विजय थापा, कुमार थापालाई पराजित गर्दै सम्बन्ध विके, सुरज मकाजुलाई पराजित गर्दै शंकर खड्का र डेभिड गौचनलाई पराजित गर्दै शिशिर गुरुङ सेमिफाइनलमा प्रवेश गरेका हुन् ।

क्वाटरफाइनलका सबै खेल बेस्ट अफ फाइभका आधारमा खेलाइएको थियो ।

प्रतियोगितामा रुपन्देहीमा बसोबास गर्दै आएका १२८ जना खेलाडी सहभागी भएका थिए । उपाधि विजेताले ५० हजार, उपविजेताले २५ हजार, हाई स्कोररले १० हजार, उदियमान र अनुशासित खेलाडीले समान नगद ५ हजार रुपैयां नगद पुरस्कार पाउने आयोजक संघका अध्यक्ष सुजन पुनले बताए ।

प्रतियिगोगिता बिहीबारसम्म चल्ने अध्यक्ष पुनले बताए । कुल ५ लाख रुपैया खर्च हुने प्रतियोगितामा सम्पन्न गर्न विभिन्न संघ संस्था र खेलप्रेमीहरुले सहयोग गरेका संघका कोषाध्यक्ष अमिन थापाले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित