रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयको कार्यक्रम सार्वजनिक

बुटवल, भदौ लुम्बिनी प्रदेशको कृषि तथा भुमि व्यवस्था मन्त्रालय अन्र्तगतको पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालयको आयोजनामा आर्थिक बर्ष २०८०÷८१ को बजेट तथा कार्यक्रम सार्वजनिक गरिएको छ । बुटवलमा एक कार्यक्रमको आयोजना गरी निर्देशनालयका निमित्त निर्देशक डा. प्रवेश सिह कुँवरले ४ करोड ९८ लाख, ६१ हजार रुपैयाँ बराबरको कार्यक्रम बजेट प्रस्तुत गरेका हुन ।

निर्देशनालयको बजेट अनुसार १२ लाख ५० हजार पुँजीगत तर्फ ४ करोड ८५ लाख ६३ हजार रुपैयाँ चालु तर्फ विनियोजन गरिएको छ । मातहतका कार्यालयहरुको बजेट भने छुट्टा छुट्टै विनियोजन गरिएको छ । कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशको कृषि तथा भुमि व्यवस्था मन्त्री भण्डारीलाल अहिरले कृषिको विकासका लागि लुम्बिनी प्रदेश सरकार लागिपरेको बताए ।

किसानको अधितम समस्या समाधानका लागि आफुले पहल गर्दै आएको बताउँदै उनले सबै जनामिलेर समाधान गर्नुपर्ने बताएका थिए । कार्यक्रममा जिल्ला संमन्वय समितिका रुपन्देहीका प्रमुख उमाकान्त चपाईंले कृषिको विकासका लागि तिन वटा तहका विचमा संमन्वय आवश्यक रहेको बताए ।

कृषि तथा भुमि व्यवस्था मन्त्रालयलका, खाद्य सुरक्षा तथा कृषि व्यवसाय प्रवर्द्धन महाशाखा साथै पशुपन्छी तथा मत्स्य विकास महाशाखा प्रमुख वरिष्ठ बाली संरक्षण अधिकृत घनश्याम चौधरी, पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालयक बरिष्ठ पशुविकास अधिकृत डा. परवेज आलम, नेपाल लाईभस्टक सेक्टर ईनोभेसन परियोजना बुटवलका प्रमुख डा. गन्धीराज उपाध्याय, प्राधानमन्त्री कृषि आधुनिकीकरण परियोजना भैरहवाका प्रमुख नारायण काफ्ले, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र केन्द्र भैरहवा प्रमुख दिपक भुषाल, कृषि निर्नेशनालयका कृषि प्रसार अधिकृत आशा भण्डारी लगायतले आ आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा बाख्रा पालक कृषक महासंघ नेपालका पुर्व केन्द्रीय अध्यक्ष प्रेमसागर पौडेलले प्रदेश सरकराले किसानको लागि ल्याउने योजना किसान मैत्री नभएको बताएका थिए ।

उनले किसानको समस्या समाधानको लागि सरकारले किसान पक्षमा ठोस काम गर्न नसकेको भन्दै आलोचना गरेका थिए । बंगुरपालका किसान महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष टिला बहादुर सुर्यवंशीले किसान को खोर नै रित्तीएका बेला किसान मैत्री कार्यक्रम सरकारले ल्याउन चुकेको बताएका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित