‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

समाजवादी मोर्चाको कुनै भविष्य छैन–बास्तोला

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका प्रवक्ता धर्मेन्द्र बास्तोलाले प्रचण्ड, ओली र देउवा भ्रटाचारी भएको आरोप लगाएका छन् ।

प्रधानमन्त्री तथा कमाओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमालेका अध्यक्ष केपी र कांगे्रसका सभापति शेरबहादुर देउवाले वाइटबोडी, प्रिन्टिङ मेशीन, ललिता निवास, गिरीबन्दु, एमसीसी, विभिन्न सन्धि, सम्झौता, विदेशीले दिएको अनुदान र आर्थिक सहयोगमा भ्रष्टाचार गरेको दावी गरेका छन् ।

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, रुपन्देहीले आइतबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्ड, ओली र देउवाले भ्रष्टाचारलाई संस्थागत गरेको बताए । उनले प्रचण्ड, ओली र देउवालाई सत्ताका लागि कुर्ची बचाउन राजनीति गरेको दावी गर्दै नेपालमा कानुनी रुपमा भ्रष्टाचार संस्थागत भएको बताए ।

देशमा भ्रष्टाचार र अनियमितता मौलाएको बताउंदै ललिता निवास, सुन काण्ड सहितका सबै भ्रष्टाचारका काण्डहरु झिसमिस गराइएको बताए । अमेरिका, भारत, बेलायत लगायतका देशबाट देश चलाउन ल्याइएको पैसामा भ्रष्टाचार टासिएर आएको बताउंदै उनले भने – देशको विकासका लागि ल्याइएको पैसा एनजीओ र आइएनजीओमा लगानी भयो ।

उनले संसदीय व्यवस्था रहंदासम्म देशले निकास नपाउने बताउंदै संसदीय व्यवस्थालाई दलाल व्यवस्था भन्दै संसदीय व्यवस्था असफल भएको तर्क गरे ।
व्यवस्था बदलिएपनि देश र जनताको अवस्था नबदलिएकाले देश र जनताको अवस्ता बदल्न संविधान बदल्नु पर्ने दावी गरे ।
देशलाई बदल्न क्रान्तिकारी कम्युनिष्ट पार्टी एक ठाउं हुनुपर्ने बताउंदै क्रान्तिकारी कम्युनिष्ट पार्टीबीच एकताका लागि पहल भैरहेको बताए ।
उनले संसदबादलाई संस्थागत गर्न समाजवादी मोर्चा गठन भएको आरोप लगाउंदै समाजवादी मोर्चाले कम्युनिष्टको नाममा भ्रम सिर्जना गरेको बताए ।

गणतन्त्रको विकल्पमा जनगणतन्त्र बैज्ञानिक भएको उल्लेख गर्दै जनगणतन्त्रको व्यवस्था नै आमजनताको उक्तम व्यवस्था भएको नेता धर्मेन्द्र बास्तालेको दावी छ ।

उनले शिक्षा, स्वास्थ्य र आवासको अभावले ८० प्रतिशत नेपाली डिप्रेसनमा रहेको बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित