रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

टाइगर प्यालेस रिसोर्टको नाममा मन्दिरको जग्गा कब्जा

गैर आवासीय नेपाली संघका अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष कुल आचार्य, राष्ट्रिय समन्वय परिषद् अमेरिकाका अध्यक्ष बुद्धि सुबेदी लगायतको टिमले खरिद गरेको भनिएको भैरहवा स्थित पाँच तारे होटल टाइगर प्यालेस रिसोर्ट नामको बिबादास्पद होटेलले मन्दिरको जग्गा कब्जा गरेको पाइएको छ।

परदेशमा बस्ने नेपालीहरुको साझा संस्था एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसिएसन अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष समेत रहनु भएका गैर आवासीय नेपाली संघका आजीवन सदस्य माधव मरासिनीले एक सूचना जारी गर्दै तिलोत्तमा नगरपालिका १७ मा अवस्थित २०० बर्ष पुरानो ऐतिहासिक बाउन्नकोटी देबीको मन्दिर केहि समय देखि टाइगर प्यालेस रिसोर्ट नामको बिबादास्पद होटेलले आफ्नो नियन्त्रणमा लिई यसको वरिपरि तारबार समेत लगाई सर्वसाधारण लाइ प्रबेशमा रोक लगाएको प्रति आफूहरुको संस्थाको गम्भीर ध्यान आकर्षण भएको बताए ।

परापुर्व कालदेखि सार्वजनिक जग्गामा अवस्थित, त्यस क्षेत्रका मानिस हरुको आस्थाको केन्द्रका रुपमा पुजिदै आएको मन्दिर निजि कम्पनीले कब्जा गर्नु सामाजिक रुपमा निन्दनीय र कानुनी रुपमा दण्डनीय कार्य भएको अध्यक्ष मरासिनीको भनाई रहेको छ।

‘एक निजी कम्पनीको यस्तो कार्यले स्थानीय भक्तजनको मन भाचेको मात्र छैन नगरपालिकाको बिश्वब्यापी छबि समेत बिगारेको छ। यति मात्र हैन पछिल्लो पटक कम्पनीले आयोजना गरेको पूजा समारोहमा नगर प्रमुख ज्युको उपस्थिति समेत बिबादमा परेको छ र थुप्रै शंका गर्ने ठाउहरु पैदा भएको छ। मरासिनीले भने स्थानिय निकाय भनेको सरकार हो। आफ्ना सम्पदाहरु बचाउनु यसको कर्तब्य हो,’ अध्यक्ष मरासिनीले नगरपालीकासहित अन्य सरकारी निकायलाई गरिएको पत्राचारमा उल्लेख छ।

बाउन्न कोटी देबीको मन्दिर कसरी निजि कम्पनि को कम्पाउण्ड भित्र पर्न गयो यसको सत्य तथ्य छानबिन गरि, दोषी उपर कारबाही गरि मन्दिरलाई नगरपालिकाको नियन्त्रणमा राखी सर्वसाधारण लाइ २४ सै घण्टा खुला हुने वातावरण बनाउन उनले माग गरेका छन्।

अध्यक्ष मरासिनीले आफूहरुको संस्थाले यसबारे अध्यन गर्न पत्रकार र संस्कृतिविद हरुको टोलि समेत पठाउने जानकारी दिए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित