‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

एमाले लुम्बिनी प्रदेश अध्यक्ष हारेका रिजालको केन्द्रीय सदस्य गुम्यो

नेकपा (एमाले) लुम्बिनी प्रदेशको अध्यक्ष पदमा पराजित भएका हरि रिजालको केन्द्रीय सदस्य पनि गुमेको छ।

एमालेको विधान अनुसार कुनै पनि कमिटीको पदाधिकारी, सदस्य रहेको व्यक्ति अर्को कमिटीको पदाधिकारी वा सदस्यको उम्मेदवार भएमा स्वतः पद रिक्त हुन्छ।

त्यहीअनुसार केन्द्रीय कमिटी सदस्य रहेका रिजाल प्रदेश अध्यक्षको उम्मेदवार भएकाले उनको पद रिक्त रहेको हो।

विधानको धारा ६७ को (४) मा यो व्यवस्था छ।

‘कुनै पनि कमिटीको पदाधिकारी वा सदस्यमा कार्यरत व्यक्ति अर्को कमिटीको पदाधिकारी वा सदस्य पदमा उम्मेदवार भएमा पद रिक्त भएको मानिने छ,’ विधानको धारा ६७ (४) मा उल्लेख छ।

पदेन सदस्यको लागि यो व्यवस्था लागू नहुने विधानमा उल्लेख छ। भदौ १४ गते बसेको संगठन विभागको बैठकमा रिजालको केन्द्रीय सदस्य रिक्त हुने विषय उठेको थियो। त्यतिबेला महासचिव शंकर पोखरेलले रिजाल प्रतिनिधि मात्रै चुनिएको, उम्मेदवार बनेपछि रिक्त हुने बताएका थिए।

मंगलबार भएको लुम्बिनी प्रदेशको अधिवेशनमा रिजाल २ मतले अध्यक्षमा पराजित भएका थिए। उनलाई पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव पोखरेलको समर्थन थियो।

प्रदेश अध्यक्षमा उपाध्यक्ष विष्णु पौडेल पक्षका राधाकृष्ण कँडेल ४७९ मत ल्याएर प्रदेश अध्यक्ष निर्वाचित भएका थिए। प्रतिस्पर्धी रिजालको ४ सय ७७ मत ल्यायो। एमालेमा प्रदेश अध्यक्ष पदेन पोलिटब्युरो सदस्य हुने व्यवस्था छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित