रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

‘मर्निङ अफर’मा एकै दिन ५ हजार जना चढे लुम्बिनी केबलकार

बुटवल । साविक टिकट दरमा ५० प्रतिशत छुटसहित लुम्बिनी केबलकार लि.ले सञ्चालन गरेको ‘मर्निङ अफर’ मा आन्तरिक पर्यटकको आकर्षण बढेको छ ।
हरेक बुधबार बिहान ९ बजेदेखि १२ सम्म टिकट खरिदमा ५० प्रतिशत छुट दिएसंगै केबलकार चढ्ने पर्यटक बढेका हुन् ।
साउनको पहिलो बुधबारदेखि शुरु भएको मर्निङ अफर अन्तर्गत भदौको तेस्रो बुधबार (आज) हालसम्मकै धेरै ५ हजार २० जनाले केबलकार यात्रा गरेका अपरेसन मयानेजर डिएन कायस्थ सैंजूले जानकारी दिए । साधारण टिकट दर ७५० रुपैयां रहेकोमा केबलकारले ‘मर्निङ अफर’ मा ३७५ रुपैयां कायम गरेको छ ।


‘तीन घण्टामै पांच हजार २० जनाले मर्निङ अफरको टिकट खरिद गर्नुभयो,यो संख्या केबलकार सञ्चालन भए यताकै सर्वाधिक धेरै हो’–सैजूले भने–‘अरु बार औसत ५ सय जना पर्यटक आउने गरेकामा मर्निङ अफरमा अत्यधीक आकर्षण देखिएको छ ।’
कृष्ण जन्माष्टमीको सार्वजनिक विदा समेत भएकाले पर्यटकको चाप अत्यधीक बढी भएको उनले बताए ।
साउन ३ गतेबाट शुरु भएको अफरमा भारतीय नागरिकले समेत ३७५ भारुमा र तेस्रो मुलुकका विदेशी पर्यटकले ११ अमेरिकी डलरमा यात्रा गर्न पाउने भएपछि भारतीय पर्यटकको समेत आगमन बढेको कम्पनीले जनाएको छ ।
पहिलो बुधबार ९७८ जना र त्यसयता क्रमशः ३३०७ जना,३४७६ जना, २१५९ जना र साउनको अन्तिम बुधबार २४७० जना तथा भदौको पहिलो बुधबार ११७० जना र दोस्रो बुधबार १५६१ जना र तेस्रो बुधबार ५ हजार २० जनाले केबलकार चढेका कम्पनीका लेखा प्रमुख राजन लम्सालले जानकारी दिए ।
मर्निङ अफरको टिकट दर सस्तो हुंदा परिवारका सबै सदस्यलाई केबलकार यात्रा गराउन सक्ने भएकाले यो अफरले आम सर्वसाधारणलाई आकर्षित गरेको स्थानीइ बुद्धि पराजुलीले बताए ।
आईएमई ग्रुपको मुख्य लगानी रहेको कूल ५ अर्ब लागतको यो केबलकार लुम्बिनी प्रदेशकै पहिलो केबलकार हो । बुटवलको बमघाटमा बटम स्टेशन र पाल्पाको तिनाउ गाउंपालिका बसन्तपुरमा टप स्टेशन रहेको २.६ किलोमिटर दुरीको केबलकारको टप स्टेशनमा बनेको कामाख्या देवीको मन्दिर हिन्दु धर्मावलम्बीहरुका लागि विशिष्ट आकर्षण बनेको छ ।
कामाख्या मन्दिरको दर्शन गर्न भारतको उत्तर प्रदेशका विभिन्न शहरबाट समेत उल्लेख्य मात्रामा पर्यटकहरु आउने गरेका छन् ।
केबलकारले प्रत्येक टिकट शुल्कको २ प्रतिशत सेवा शुल्क वापत बुटवल उपमहानगरपालिका र तिनाउ गाउंपालिकालाई दिने गरी सम्झौता भएको छ । उक्त रकम दुई पालिकाले ५०–५० प्रतिशतका दरले बांडफाड गर्ने गरी सम्झौता भएको छ ।
टप स्टेशनमा साढे ३ अर्ब लागतमा २ वर्षभित्र १ सय ५० कोठा,एक हजार जना क्षमताको बैंक्वेट हल, क्यासिनो सहित पांच तारे होटेल बनाउने तयारी गरेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित