लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

श्रीकृष्ण जन्माष्टमीको पूर्व सन्ध्यामा विद्यार्थी बने राधा र श्रीकृष्ण (तस्वीरहरु)

प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा तिलोत्तमा वडा नं. ३ स्थित बुटवल पब्लिक स्कुलले राधा र श्रीकृष्णको ¥याली निकालेको छ ।

विद्यालयबाट सुरु भएको ¥याली शान्ती चोक परिक्रमा गरी विद्यालयमै आएर सकिएको थियो । त्यस अघि विद्यार्थीहरुलाई तिलोत्तमा गौशालाका गुरु रन्तीदेव दाशले श्रीकृष्णको जन्म लिला बारे बताएका थिए ।

सो अवसरमा बोल्दै स्कुलका प्राचार्य हेमलाल शर्मा भुसालले विद्यार्थीहरुमा पर्वको ज्ञान प्रदान गर्न स्वय विद्यार्थीहरुलाई राधा र श्रीकृष्णको भेषमा ¥यालीको आयोजना गरेको बताए । अहिले धेरै नेपाली पर्वबारे विद्यार्थीहरु जानाकार नभएको भन्दै यस्ता कार्यक्रमले पर्वको महत्व, सांस्कृतिक र धार्मिक महत्व बारे विद्यार्थीलाई ज्ञान प्राप्त हुने उनले बताए ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा बुधबार दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाईंदैछ । त्यसैको पुर्व सन्ध्यामा गरिएको ¥यालीमा विद्यार्थीहरुले श्रीकृष्णको लिला प्रस्तुत गरेका थिए ।
त्यस्तै श्रीकृष्ण र राधा बनेर मुरली बजाउंदै नाचगान गरेका थिए ।

दुर्जनको विनाश गरी सज्जनको रक्षाका लागि भगवान विष्णुको आठौं गर्भका रुपमा श्रीकृष्णको जन्म भएको शास्त्रमा वर्णन गरिएको छ । कंसको अत्याचारबाट मानव जातिलाई मुक्ति दिन वासुदेव र देवकीको आठौं गर्भबाट भगवान विष्णुको आठौं अवतारका रुपमा भगवान श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ ।

अन्याय, अत्याचार र दानवी प्रवृत्तिबाट मानव जातिलाई सुरक्षित बनाउने उद्देश्यले भगवान विष्णुले मानिसको अवतारका रुपमा श्रीकृष्ण भई धर्तीमा जन्म लिएको स्मृतिस्वरुप यो पर्व मनाउने गरिन्छ ।

कौरव र पाण्डवका बीचमा कुरुक्षेत्रमा भएको धर्मयुद्धमा सत्यको पक्षमा रहेका पांच पाण्डवमध्येका अर्जुनको सारथीका रुपमा श्रीकृष्णले युद्धको शिक्षा दिएका थिए । युद्धका क्रममा श्रीकृष्णले अर्जुनलाई दिएको उपदेश नै श्रीमद्भगवत गीता हो । उक्त कार्यक्रम स्कुलका सह प्राचार्य आर.सी पौडेलले गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित