मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

एमाले लुम्बिनी अधिवेशनः कंडेल र रिजालबीच प्रतिस्पर्धा हुने करीब निश्चित

नेकपा एमाले लुम्बिनी प्रदेशको नयाँ नेतृत्वका लागि निर्वाचन हुने पक्कापक्कीजस्तै भएको छ । सर्वसम्मतिको प्रयास विफल भएपछि अन्ततः चुनावी प्रक्रियामार्फत नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढेको हो ।

भदौ १६ गतेदेखि शुरू भएको प्रथम अधिवेशनबाट नेतृत्वका लागि पाल्पाका राधाकृष्ण कंडेल (आर.के.) र प्यूठानका हरि रिजालले मनोनयन दर्ता गराइसकेका छन् ।

उपमहासचिव प्रदीप ज्ञवाली, सचिव पद्मा अर्याल तथा अध्यक्ष पदका उम्मेदवार कंडेल र रिजालबीच सहमति जुटाउन प्रयासमा भए पनि त्यो सफल हुन सकेन । दुवै जनासँग उनीहरूले विभिन्न चरणमा छलफल गरे पनि सर्वसम्मत बनाउने प्रयास विफल भएको हो ।

यो निर्वाचनलाई उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलको शक्ति परीक्षणका रूपमा पनि हेरिएको छ । कंडेल उपाध्यक्ष पौडलनिकट मानिन्छन् भने रिजाल महासचिव पोखरेल निकट छन् ।

दुई पक्षको अघोषित प्यानलबीच चुनावी प्रतिस्पर्धा हुँदैछ । लुम्बिनी दुवै नेताको गृहप्रदेश हो । एमाले पोलिटब्यूरो सदस्य तथा युवा नेता सूर्य थापाले पदाधिकारीमा निर्वाचन हुने पक्का भएको जानकारी दिए ।

‘सहमतिको सम्भावना करिब टर्‍यो, अब निर्वाचनबाट नेतृत्व चयन हुनेछ । त्यसका तयारी अघि बढिसक्यो,’ अधिवेशनले ५ जना पदाधिकारीसहित २०५ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित