‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

लुम्बिनी प्रदेश अधिबेशनः ५ जना पदाधिकारीका लागि १२ जनाको उम्मेदवारी

बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको पाँच जना पदाधिकारीका लागि १२ जनाको उम्मेदवारी परेको छ । सोमबार बिहान १० बजेसम्म निर्धारित मनोनयन दर्ताको अवधिभित्र अध्यक्षमा दुई जनासहित १२ जनाले उम्मेदवारी दिएका हुन् ।

प्रदेश कमिटी अध्यक्षमा पाल्पाका राधाकृष्ण कँडेल र प्यूठानका हरिप्रसाद रिजाले हिंजो साँझ नै उम्मेदवारी दर्ता गरेका थिए । दुई उपाध्यक्ष पदका लागि रुपन्देहीका भोजप्रसाद श्रेष्ठ, रुपन्देहीकै अनुप बराल र बाँकेका कुजन विश्वकमाले उम्मेदवारी दिएका छन् ।

त्यस्तै, एक जना सचिव पदका लागि दाङका लक्ष्मण आचार्य र गुल्मीका सोमनाथ सापकोटाले उम्मेदवारी दिएको निर्वाचन मण्डलका प्रमुख हरिप्रसाद भण्डारीले जानकारी दिए ।

दुई जना उपसचिव पदका लागि पाँच जनाको उम्मेदवारी परेको छ । जसमा बाँकेकी आरती पौडेल, बसन्ती अधिकारी र दुर्गाप्रसाद चौधरी तथा रोल्पाका पूर्णबहादुर बुढा र बर्दियाकी लिला रानाले उम्मेदवारी दिएका छन् ।

एमालेको प्रदेश कमिटी ५ पदाधिकारीसहित २०५ सदस्यीय हुनेछ । निर्वाचन मण्डलका अनुसार आज (सोमबार) दिउँसोदेखि मतदान प्रक्रिया सुरु हुने भएको छ ।

अधिवेशनमा प्रदेशका १२ जिल्लाबाट एक हजार ४ जना प्रतिनिधिहरू मतदाता रहेका छन् ।

नेताहरुले सार्वजनिक अभिव्यक्तिमा सहमतिको रटान लगाएपनि भित्रभित्र आफ्नो गुटको पक्षमा लबिङ गरेकाले निर्वाचनबाट नयाँ नेतृत्व चयन प्रक्रिया सुरु भएको हो ।

अधिवेशनको उद्घाटन सत्रमा बोल्ने पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुले पार्टीमा कुनै पनि गुट नभएको स्पष्टीकरण दिए पनि भित्रभित्रै गुट झाँगिएको अधिवेशनस्थलमा सहभागी नेता, कार्यकर्ताहरुले प्रतिक्रिया दिएका छन् ।

नेकपा एमालेको प्रादेशिक स्तरमा हुने पहिलो अधिवेशनमै सहमति हुन नसकेपछि अन्य प्रदेशमा पनि यसको सन्देश जाने देखिएको छ ।

अध्यक्षका उम्मेदवार राधाकृष्ण कँडेलले आफूले एक वर्ष मात्र प्रदेश अध्यक्ष भएर काम गर्दा प्रतिकूल राजनीतिक परिस्थितिमा भएका चुनावमा पार्टीलाई प्रदेशसभामा पहिलो बनाएको र अन्य निर्वाचनमा पनि उल्लेख्य सफलता हासिल गरेको,पार्टी संगठनलाई व्यवस्थित बनाएको र पार्टीलाई आर्थिकरुपमा पारदर्शी मितव्यवयी बनाएकाले प्रतिनिधिकै आग्रहमा एक कार्यकाल काम गर्न उम्मेदवारी दिएको बताएका छन् ।

केन्द्रीय सदस्य एवं पुर्व प्रदेश मन्त्री रहेका अर्का उम्मेदवार हरिप्रसाद रिजालले पार्टीलाई थप बलियो बनाउन आफू प्रदेशमा आउन चाहेको बताएका छन् । कंडेल पार्टी उपाध्यक्ष विष्णु पौडेल निकट र रिजाललाई महासचिव शंकर पोखरेल निकट मानिन्छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित