‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

शंकर पोखरेल भन्छन् – राजनीतिक दल धेरै हुँदा मुलुकमा अस्थिरता बढ्यो

नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकको लागि धेरै दल होइन थोरै बलिया शक्तिको खाँचो रहेको बताएका छन् ।

धेरै राजनीतिक दल हुँदा मुलुकमा अस्थिरता बढेको बताउँदै उनले थोरै शक्तिको खाँचो रहेको बताए । शनिवार बुटवलमा शुरू भएको एमाले प्रदेश अधिवेशनमा बोल्दै महासचिव पोखरेलले भने, ‘जति धेरै राजनीतिक दल, त्यति धेरै वैचारिक विचलन, त्यति धेरै अस्थिरता र वैदेशिक हस्तक्षेप बढ्ने स्पष्ट छ ।’

पोखरेलले एमालेभित्र पदका लागि प्रतिस्पर्धा नभएको दाबी समेत गरे । राजनीतिक, वैचारिक र सांगठनिकरुपमा स्पष्ट नेता केपी शर्मा ओली नेतृत्वको पार्टीमा एकताबद्ध रहेको उनले स्पष्ट पारेका छन् ।

लुम्बिनी प्रदेशको अधिवेशनलाई शनिवार बुटवलमा सम्बोधन गर्दै उनले पार्टी एकताबद्ध रहेको र त्यसको जवाफ प्रतिनिधिले नेतृत्व चयनबाटै दिने उनले बताए ।

महासचिव पोखरेलले केन्द्रका केही सञ्चारमाध्यमले एमालेलाई कमजोर पार्ने कुत्सित मनसायले कुनै प्रतिस्पर्धा नै नभएको विषय उठाएर भ्रम फैलाएको पनि आरोप लगाए । ‘हामीबीच कुनै प्रतिस्पर्धा छैन,’ उनले भने, ‘प्रतिस्पर्धा छ त, केवल दलाल, पुँजीवादी र विदेशी शक्तिको गोटी बन्नेहरूसँग छ ।’ उनले मुलुकलाई बलियो शक्ति निर्माणका लागि प्रतिस्पर्धा गर्नुपर्ने बेला भएको पनि स्पष्ट पारे ।

एमाले कुनै पनि भ्रम र षडयन्त्रबाट प्रभावित नहुने, विकास र समृद्धिका लागि मुलुकको स्वाधीनता र स्वाभिमानका लागि एकताबद्ध भएर अघि बढिरहेको बताए । ‘अहिलेको जुन भ्रम र षडयन्त्र भइरहेको छ, त्यसलाई नेतृत्व चयनका बेला प्रतिनिधिहरूले नै गलत साबित गरिदिनु हुनेछ,’ उनले भने, ‘लुम्बिनीबाटै एमाले र राष्ट्रलाई बलियो बनाउने गरी नेतृत्व चयन गर्नुहुनेछ ।’

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित