‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

शंकर पोखरेल समूहका नेता जिताउनका लागि गुटबन्दी गरेर मलाई रोके–हजरल बेलाल

  • प्रतिनिधि छनोटमै ‘गुटबन्दी’
  • नेकपा एमाले लुम्बिनी प्रदेशको प्रतिनिधि छनोटमा रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाका नेता हजरल बेलाल राजुले प्रतिनिधि छनोटमा गुटबन्दी गरी आफूलाई पाखा लगाएको गुनासो गरेका छन्।

    प्रदेश कमिटी सदस्यसमेत रहेका बेलाललाई सर्वसम्मत प्रतिनिधि छनोट गर्ने नाममा अबेरसम्म पर्खाएर भदौ ९ गते शनिबार प्रतिनिधि घर फर्केपछि निर्वाचन गराएर पाखा लगाएको भन्दै गुनासो गरेका हुन्। शनिबारदेखि बुटवलमा सुरु हुन गइरहेको लुम्बिनी प्रदेशको प्रथम अधिवेशनमा आफूलाई केन्द्रीय सदस्य तथा लुम्बिनी सा‌ंस्कृतिक नगरपालिका इन्चार्ज सावित्रा अर्यालले पार्टीको विधि, विधान मिचेर प्रतिनिधि हुनबाट रोक लगाएको बेलालको आरोप छ।

    उनले भदौ ९ गते ३ जना प्रतिनिधि छनोट गर्नुपर्नेमा निर्वाचन कार्यतालिकाअनुसार उम्मेदवारको मनोनयन दर्ता भएपछि बदर उम्मेदवारका रूपमा सूचना जारी गरेकाहरुलाई समावेश गरी आफूलाई कुनै नेताको नजिक भएको नाममा रोकिएको गुनासो गरेका छन्।

    ‘म उपाध्यक्ष विष्णु पौडेल र नेता खिमलाल भट्टराईलाई चिन्छु। लुम्बिनीमा एमाले बनाउन मैलै धेरै योगदान गरेको छु’, ०७४ सालका एमालेका तर्फबाट रुपन्देही क्षेत्र ५ ख का प्रदेशसभाका उम्मेदवारसमेत रहेका बेलालले दुःखेसो पोखे, ‘केन्द्रीय सदस्यले पार्टीको विधानविपरीत गएकाले त्यसको जवाफ केन्द्रीय नेतृत्वले दिनुपर्छ।’

    महासचिव शंकर पोखरेल समूहका नेता जिताउनका लागि गुटबन्दी गरेकाले आफूलाई रोकिएको हुनसक्ने उनको भनाइ छ। लुम्बिनी सांस्कृतिक नगरपालिकाबाट ३ जना प्रतिनिधि निर्वाचित भएका छन्।

    खुलाबाट अब्दुल रहमान मुसलमान, दलितबाट कल्पना हरिजन र महिलाबाट सहिदुन निशा निर्वाचित भएको संयोजक टीकाकुमारी कट्टेलले जानकारी दिइन्। प्रतिनिधिहरू घर फर्किएपछि निर्वाचन गराउँदा आफूलाई नियोजित रूपमा अब्दुल रमानसँग पराजित गराइएको बेलालको गुनासो छ। सहिदुन निशाको भने प्रतिनिधि छनोटको दाबीविरोधको नतिजामा समर्थकको नाम जुधेको भन्दै नामावली बदर भएको थियो।

    तिनाउ न्युज

    तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार

    साताको चर्चित