रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

कन्सल्टेन्सी उद्घाटनमा लुम्बिनीका मन्त्री देखि यातायातका हाकिमको लर्को

बुटवल । उद्घाटन र शिलान्यासका कार्यक्रम भनेपछि हुरुक्क हुने प्राय नेताहरुको प्रवृत्ति बनेको छ । कतिपय बेला त कार्यक्रमको छनोट गर्न नजान्दा मन्त्री, नेताहरु पनि बेला बेला आलोचित समेत बन्ने गरेका छन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले यहि हप्ता जस्तोसुकै कार्यक्रममा सहभागी हुँदाको परिणाम बहिस्कार गरेर बाहिरिनु पर्यो ।

रुपन्देहीमा भएको किवानिस नेपालको पाँचौ डिष्ट्रिक महाधिवेशको उद्घाटन समारोहमा प्रमुख अतिथी बनेर उपस्थित भएका मुख्यमन्त्री चौधरी कार्यक्रम बहिस्कार गरेर बाहिरिएका थिए ।

कार्यक्रममा आयोजकले विदेशी राष्ट्रिय गान बजाएको भन्दै चौधरीले बहिस्कार गरेर बाहिरिएको उनका प्रेस सल्लाहकार गोपल भट्टराईले बताए । लुम्बिनी प्रदेशका शिक्षा तथा सामाजिक विकास मन्त्री सि.के. गुप्ता पनि कार्यक्रम छनोटमा चुक्दा आलोचित बनेका छन् ।

बुटवलमा सोमबार मिलनचोकमा एउटा कन्सल्टेन्सी उद्घाटन कार्यक्रमको अयोजना गरिएको थियो । जसको प्रमुख अतिथि भएर उपस्थित भएका थिए गुप्ता ।

भैरहवाबाट साइरन बजाउँदै अघिपछि कडा सुरक्षासहित कन्सल्टेन्सीको उद्घाट गर्न उपस्थित भएका मन्त्री गुप्ताले कन्सल्टेन्सीलाई आवश्यक सहयोग गर्नका लागि समेत तयार रहेको प्रतिवद्धता गरे । ‘सामाजिक विकास मन्त्रालयबाट के सहयोग गर्नुपर्ने हुन्छ त्यसको लागि तयार छौं ।’–उक्त कन्सल्टेन्सीलाई बधाई दिँदै उनले भने ।

विदेशमा गएर राम्रो शिक्षा लिएर देश फर्किनु पर्ने बताउँदै उनले देशका लागि शिक्षित युवाको खाँचो रहेको उल्लेख गरे । नेपालमै रोजगारी र शिक्षाको अवसर सिर्जना गर्नका लागि पहल गर्नुपर्ने सरकारका मन्त्रीले नै यसरी एउटा निजी कन्सल्टेन्सीलाई प्रोत्साहन गर्दै युवाहरुलाई विदेश पठाउन प्रेरित गर्ने प्रवृत्तिले प्रदेश सरकारको जिम्मेवारीमाथि नै प्रश्न उठेको छ ।

यसैगरी सोही क्रममा उनले लुम्बिनी प्रदेश सकारले २ लाख युवाहरुलाई रोजगारी सिर्जना गर्नेगरी काम समेत गरिरहेको दाबी गरे । विहानको साढे ११ बजे सुरु भएको उक्त कार्यक्रममा मन्त्री मात्र थिएनन्, सवारी चालक अनुमती पत्र कार्यालय बुटवलका प्रमुख आलोक कुमार गुप्ता समेत उपस्थित थिए ।

प्राय सेवाग्राहीहरुको घुइँचो लाग्ने यातायात कार्यालयका हाकिम कार्यालय समयमा एउटा निजी कन्सल्टेन्सीको उद्घाटन गर्न उपस्थित हुनुले उनको जिम्मेवारी के हो भन्ने विषयमा प्रश्न उब्जिएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित