रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

घरेलु हिंसा बढेको बढ्यै

पछिल्लो ६ वर्षमा रुपन्देहीमा पछिल्लो ६ वर्षयता २ हजार ७ सय ८१ घरेलु हिंसाविरुद्धका उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ । यो आर्थिक वर्ष २०७४/०७५ देखि ०७९/ ०८० सम्मको तथ्यांक हो ।

घरेलु हिंसाका घटनालाई स्थानीय तहमा समेत हेरिन्छ । तर, प्रहरीमा उजुरी पर्ने क्रम कम नभएको रुपन्देही प्रहरीका महिला बालबालिका तथा ज्येष्ठ नागरिक महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका प्रमुख प्रहरी निरीक्षक सविता जीसीले बताइन् । सबैभन्दा धेरै उजुरी गत आर्थिक वर्ष २०७४/०७५ मा ५ सय ९४ वटा दर्ता भएका छन् ।

प्रहरीका अनुसार घरेलु हिंसाका ९९ प्रतित घटना महिलामाथि हिंसा भएका छन् । त्यसमा अधिकांश घटना पतिबाट यौन विचलनका कारण भएको पाइन्छ । आफन्त त्यसमा पनि पतिबाट भएका हिंसाविरुद्ध प्रहरीमा पुगेका महिलाले सहज न्याय पाउन सकेका छैनन् । प्रहरीमा पुगेका धेरै घरेलु हिंसाका घटना दर्ता गर्न समस्या छ ।

प्रहरीले यस अवधीमा ४ जनाको मात्रै मुद्दा दर्ता गरेको छ । दर्ता भएकालाई अनुसन्धान थाल्न र टुंग्याउन थप समस्या भएको अधिकारकर्मी हेमा न्यौपानेले बताइन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित