मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

गुल्मी अस्पतालमा बालिका मृत्यु : छानबिन समिति गठनपछि शवकाे अन्त्येष्टि

गुल्मी । उपचारको क्रममा बालिकाको मृत्युपछि तनावग्रस्त बनेको गुल्मीमा अहिले अवस्था सामान्य बनेको छ । घटनाको सत्यतथ्य छानबिनका लागि गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारीकाे नेतृत्वमा ५ सदस्यीय समिति गठन भएपछि घटना साम्य बनेको हो ।

छानबिन गर्ने सहमति भएपछि मृतकका आफन्तले मृतकको शव पाेष्टमार्टमपछि अन्त्येष्टिका लागि लगिसकेका छन् ।

गुल्मीको गुल्मी अस्पतालमा मंगलबार बिहान उपचारको क्रममा छ वर्षीया बालिकाकाे मृत्यु भएकाे थियो । अर्घाखाँचीकाे छत्रदेब गाउँपालिका-७ काउलेका राजेश मरासिनीकी छाेरी छ वर्षीया प्रशंसा मरासिनीकाे उपचारको क्रममा मृत्युु भएपछि गुल्मी मंगलबार दिनभर तनावग्रस्त बनेको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित