‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

एमाले लुम्बिनी अधिवेशन : अध्यक्षका आकांक्षी रिजालले गरे गोप्य भेला

बुटवल । नेकपा एमालेको लुम्बिनी प्रदेश अधिवेशनको मिति नजिंकिंदै गर्दा गुटगत भेला बढेको छ । प्रदेश अधिवेशनमा अध्यक्षको उम्मेदवारी घोषणा गरेका हरिप्रसाद रिजालले आफ्नो पक्षमा माहोल बनाउन बुटवलको ढवाहास्थित आरम्भ रिसोर्टमा भेला गरेको छ ।

रिसोर्टमा मंगलबार पार्टीका केन्द्रीय सदस्य, संघीय र प्रदेश सांसद समेतको सहभागी छन् । रिजाललाई पार्टी महासचिव शंकर पोखरेल निकट प्रदेशका नेताहरु केन्द्रीय सदस्य बलराम अधिकारी, चेतनारायण आचार्य, शिवराज सुवेदी, भूमिश्वर ढकाल, पाल्पाका नारायणप्रसाद आचार्य, नवलपरासीका थानप्रसाद गैरेले साथ दिएका छन् ।

गोप्य भेलामा यी नेताहरुसहित १० वटा जिल्लामध्ये केहीका अध्यक्ष र केहीका सचिवहरु सहभागी भएका थिए । भेलामा चुनाव भएमा रिजालको टिमबाट पदाधिकारीमा कुन कुन नेतालाई समावेश गर्ने भन्ने छलफल भएको थियो । प्यूठान जिल्ला अध्यक्ष विजयविराज विष्टका अनुसार सो भेलामा रोल्पा र रुकुमका नेता भने सहभागी थिएनन् ।

जिल्लाबाट छनोट भएका प्रतिनिधिको गुटगत पक्षधरता र चुनावी रणनीतिबारे रिपोर्टिङ र छलफल भएको विष्टले बताए । ‘नेतृत्व चयन सहमतिबाट गर्न अधिकतम पहल गर्ने र हुंदै नभएमा मात्रै चुनावमा जाने भन्ने विषयमा छलफल भयो’, विष्टले भने, ‘शीर्ष नेताहरुलाई सहमतिका लागि दबाव दिन भेला गरिएको हो, त्यस्तो खास अरु केही भएको हैन ।’

एमालेको लुम्बिनी प्रदेश अधिवेशन भदौ १६ र १७ गते हुँदैछ । अध्यक्ष पदका लागि पाल्पाका राधाकृष्ण कंडेल, प्युठानका हरिप्रसाद रिजाल र दाङका लक्ष्मण आचार्य पनि आकांक्षी छन् ।

एमालेको लुम्बिनी प्रदेश अध्यक्ष तथा अधिवेशनबाट पुनः अध्यक्ष पदका आकांक्षी कंडेलले एउटा पक्षले गुटगत भेला गरेको आफूले पनि जानकारी पाएको तर प्रतिनिधिले विवेक प्रयोग गर्नेमा ढुक्क रहेको प्रतिक्रिया दिएकाे खवर अनलाइन खवरमा छ ।

‘राधाकृष्ण कंडेललाई रोक्न भेला गरेर रणनीति बनाइयो भन्ने साथीहरुले सुनाउनुभयो तर मलाई यसरी गटबन्दी गर्नु छैन’, कंडेलले भने, ‘छलफल गर्न थियो भने बुटवलमै पार्टी अफिस थियो, रिसोर्टमा छुट्टै भेला गर्दा राम्रो सन्देश गएन ।’

पार्टीको महाधिवेशनमा एक कार्यकाल प्रदेश अध्यक्ष भएर काम गर्ने सहमति अनुसार केन्द्रीय सदस्य नभएकाले प्रतिनिधिले आफूलाई न्याय गर्ने कंडेल बताउँछन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित