‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

माधव नेपालले भने– अमेरिकाले आर्थिक सहयोगका नाममा राखेका अनुचित स्वार्थ मान्न सकिँदैन

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाका केही अनुचित बुँदाले बाँकी रहे नेपाली जनतालाई जानकारी गराउन प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।

मंगलवार समाजवादी मोर्चाले बुटवलमा आयोजना गरेको सन्देशसभालाई सम्बोधन गर्दै पूर्वपूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले अमेरिकाले आर्थिक सहयोगका नाममा राखेका अनुचित स्वार्थ मान्न नसकिने बताए ।

‘कसैको आर्थिक सहयोग लिँदा राखिएका अनुचित सर्त स्वीकार्नु हुँदैन । एमसीसीलाई आइपीएससँग जोड्ने कुरा हामी स्वीकार्दैनौ,’ नेता नेपालले भने, ‘त्यो भनेको चीनलाई घेराउ गर्ने अरू देशलाई शत्रु घोषणा गर्ने योजना हो ।’

उनले नेपालका कुनै पनि देश शत्रु नभएको उनले स्पष्ट पारे । नेता नेपालले यहाँको संसद्ले व्याख्यात्मक टिप्पणीमार्फत् एमसीसी पास गरेको स्मरण गर्दै नेपाल कुनै पनि सैनिक गठबन्धनमा जान नसक्ने त्यसमा उल्लेख गरिएको बताए ।

‘एमसीसी यथावत् पास हुने अवस्थामा पुगेकाले संसद्बाट १२ बुँदे व्याख्यात्मक घोषणासहित पारित गरेका हौँ । हामीले त्यसरी पास गरेको कुरालाई अमेरिकाले पनि अस्वीकार गरेको हो भन्ने विषय प्रधानमन्त्रीजी जनतालाई जानकारी गराउनुस्,’ उनले भने, ‘गठबन्धनलाई भन्नुस्, मोर्चालाई भन्नुस् ।’

नेपालको भूमिमा नेपाली जनताको अधिकार भएको र अरु कसैको हस्तक्षेप स्वीकार्न नसकिने पनि उनले स्पष्ट पारे ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित