मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

गुल्मी अस्पतालमा बालिकाको मृत्युपछि तनाव

गुल्मी अस्पतालकाे लाहापरवाहीले एकजना बिरामीको ज्यान गएको छ ।

अर्घाखाँची जिल्लाकाे छत्रदेव गाउँपालिका वडा नम्बर ०७ काउले निवासी राजेश मरासिनीकी छाेरी सात बर्षिय प्रशंसा मरासिनीकाे मंगलबार बिहान ७:४५ बजे मृत्युु भएको हाे ।

प्रशंसाका आफन्त देवीराम पन्थीका अनुसार बच्चालाई साेमबार बिहान ११ बजे गुल्मी अस्पताल ल्याइएको हाे । सामान्य पेट दुखेर अस्पताल ल्याएको बच्चाले दिउँसो बान्ता गरेपछि भर्ना गरिएको थियाे।

आज बिहान ६ बजेकाे समयमा बच्चा निदाएकै समयमा एक्कासि इन्जेक्सन लगाइएकाे थियाे ।

इन्जेक्सन लगाउदाबित्तिकै बच्चा बेहाेस भएपछि बिरामीका आफन्तले डाक्टरलाई बाेलाउन आग्रह गरे । तर नर्सहरूले समयमै डाक्टर नबाेलाउदा र लाहापरवाही गर्दा इन्जेक्सन लगाएको केही समयमै बच्चाकाे ज्यान गएकाे पन्थीले बताए ।

घटनाका प्रत्यक्षदर्शीले समेत रहेका धुर्काेट -०३ का वडाध्यक्ष पदम बिष्टले अस्पतालकै लाहापरवाहीले एक बच्चाले ज्यान गुमाउनुपरेको बताए ।

आफू साेमबार साँझदेखि अस्पतालमै रहेको र बच्चा हिज साँझसम्म हिड्ने, खेल्ने गरेकाेमा अस्पतालले लाहावरवाही गर्दा बिरामीको ज्यान गएकाे बताए ।

अस्पतालले लाहावपरवाही गरेको भन्दै बिरामीका आफन्तले शव उठाएका छैनन् ।  अस्पतालका प्रखुख डाक्टर राजेन्द्र जिसीले बच्चालाई बान्ता भएपछि भर्ना गरेपनि अन्य सबै रिपोर्ट सामान्य रहेकाे बताए ।

हुमाकान्त बाट

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित