३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

भैरहवाबाट काठमाण्डौ ट्रान्जिट भएर हङकङ र दिल्ली जाने यात्रु नेपाल एयरलाइन्सले पहिलो दिन पाएन

बुटवल । आज देखि नेपाल एयरलाइन्सले भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौँ ट्रान्जिट भएर हङकङ र दिल्ली उडान सुरु गरेको छ ।

उडानको पहिलो दिन भैरहवाबाट नेपाल एयरलाइन्सले कुनै पनि यात्रु भने दुवै देश लैजान सकेन । नेपाल एयरलाइन्सले ट्रान्जिट उडानको लागि सोमबारबाट मात्रै बुकिङ खुल्ला गरेको थियो । मंगलबारको पहिलो उडानमा कुनै पनि यात्रुले टिकट नकाटेको नेपाल एयरलाइन्सले जनाएको छ ।

नेपाल एयरलाइन्सका गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल प्रमुख माधव लोहनीले आज ट्रान्जिट भएर जाने यात्रु नभएको बताए ।

‘हिजो बाट मात्र बुकिङ खुल्ला भयो । तर टिकट काट्ने यात्रु हुनु भएन् । स्टमले समेत केही समस्यामा पारेको छ । अहिले पनि स्टम खुलेको छैन् । अर्को हप्ता देखि यात्रु आउँनुहुन्छ भन्ने आशा गरेका छौ’ उनले भने ।

उनले छोटो समय मात्र टिकट बुकिङ खुल्ला भएको र प्रचारप्रसार पनि कम हुँदा यात्रु नआएको हुन सक्ने बताए ।

‘चासो धेरैले देखाउनुभएको छ । यसबाट हामी उत्साहित छौ । यात्रुले सहजताका साथ सेवा पाउनुहुन्छ भन्ने विश्वास पनि दिलाउँन चाहन्छौ’ उनले भने ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित