मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

एमाले अधिवेशन तयारीका लागि रुपन्देहीले बनायो जनपरिचालन योजना

बुटवल। नेकपा (एमाले) लुम्बिनी प्रदेशको प्रथम अधिवेशनको तयारीका सन्दर्भमा सोमबार रुपन्देही जिल्ला कमिटीले जिल्लाका सबै पालिकाका पार्टी प्रमुखहरुको संयुक्त बैठक वसी अबका ४ दिन सम्पूर्ण रुपले यही अभियानमा लाग्न निर्देशन गरेको छ ।
पार्टीका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले सबै कमिटीलाई यथार्थ धरातलमा उत्रिएर स्पष्ट योजना र जिम्मेवारीका साथ काममा लाग्न निर्देशन दिइन् । सो अवसरमा सवै पालिकाले आफुले अधिवेशनमा ल्याउनसक्ने कार्यकर्ताको संख्यावारे स्पष्ट बताएका थिए ।
जसअनुसार बुटवलले पाँच हजार जनाको सहभागिता सुनिश्चित गरेको छ । यसबाहेक तिलोत्तमा, सिद्धार्थनगर, सैनामैना, देवदह र लुम्विनी साँस्कृतिक नगरपालिका तथा गाउँपालिकाहरु मायादेवी, कोटियामाई, समयमाई,रोहिणी, गैडहवा, ओमसतिया, कञ्चन, शुद्धोधन र सियारी पालिकाहरुका अध्यक्षहरुले प्रतिवद्घता ब्यक्त गरेका थिए ।
जनपरिचालन कमिटीका संयोजक तथा पार्टीका केन्द्रीय सदस्य भूमिश्वर ढकालले जनपरिचालन गर्ने काम प्राविधिक भएकोले विशेष ध्यान दिन आग्रह गरे ।
जिल्ला पार्टी अध्यक्ष तेजेन्द्र केसीको अध्यक्षतामा भएको बैठकमा उनले १६ वटै पालिकामा सहजताकासाथ प्रतिनिधि छनौट गर्न सहयोग गर्ने सवैलाई धन्यवाद दिदै अवको कार्यभार अधिवेशन सफल पार्ने भएकोले हाम्रो कार्ययोजना अनुरुप लाग्न सवैलाई अनुरोध गरे ।
यो अधिवेशनको व्यवस्थापन रुपन्देहीले पाउनु महत्वपूर्ण अवसर भएको र सम्मेलनले पार्टीलाई भावनात्मक एकता कायम गरेर लैजाने विश्वास केसीले ब्यक्त गरे ।
सो अवसरमा पार्टीका पोलिटव्युरो सदस्यहरु लिला गिरी, दधिराम न्यौपाने र खिमलाल भट्टराई, केन्द्रीय सदस्यहरु शिव सुवेदी र कमल गौतमले विविध विषयमा जानकारी दिएको जिल्ला सचिव यज्ञ गैरेले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित