रुपन्देही सामाजिक सञ्जाल अस्ट्रेलियाको अध्यक्षमा रञ्जिता भण्डारी मतदाताले गोकर्णलाई भन्छन्, ‘बाआमाको जस्तै छातीभरि हजुरको तस्विर छ’ रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट                
समाचार :

कति बजेदेखि हुनेछ नेपाल-पाकिस्तानबीचको खेल? यस्तो छ एसिया कप क्रिकेटको विस्तृत

काठमाडौँ- एसिया कप क्रिकेट २०२३ मा भारत, पाकिस्तान, श्रीलंका, नेपाल, अफगानिस्तान र बंगलादेशसहित ६ टिमले खेल्ने तय गरिएको छ। प्रतियोगिता पाकिस्तान र श्रीलंकाले आयोजना गर्दैछन्।

यतिबेला एसिया कप खेल कति बजे सुरु हुन्छ, कहाँ हेर्न सकिन्छलगायत विषयमा क्रिकेट प्रेमीहरूको चासो बन्नु स्वाभाविक हो। प्रतियोगिता सुरु हुन अब तीन दिनमात्रै बाँकी छन्। बुधबारदेखि प्रतियोगिता सुरु हुँदैछ। बुधबार दिउँसाे नेपाल र पाकिस्तानबीच उद्‍घाटन खेल हुँदैछ।

प्रतियोगिता सेप्टेम्बर १७ तारिखसम्म १९ दिन चल्नेछ। प्रतियोगिताको फाइनल खेल सेप्टेम्बर १७ मा तय गरिएको छ।

एकदिवसीय फर्म्याट

प्रतियोगिता एकदिवसीय फर्म्याटमा (५० ओभरको) खेलाइनेछ। ६ टिमलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा भारत, पाकिस्तान र नेपाल छन्। समूह ‘बी’ मा श्रीलंका, अफगानिस्तान र बंगलादेश छन्।

दुवै समूहमा रहेका टिमले एकअर्कासँग खेल्नेछन्। समूह चरणमा जितेका शीर्ष २ टिम सुपर-४ मा पुग्नेछन्। सुपर-४ मा सबै टिमले एक अर्कासँग खेल्नेछन्। सुपर-४ का शीर्ष दुई टिम फाइनल पुग्नेछन्।

कहाँकहाँ हुँदैछन् खेल?

एसिया कपका खेलहरू पाकिस्तानको मुल्तान क्रिकेट स्टेडियम र लाहोरको गद्दाफी स्टेडियममा हुनेछन्। त्यस्तै श्रीलंकाको पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र आर प्रेमदासा रंगशालामा खेल तय गरिएका छन्। एसिया कपका सबै खेल नेपाली समयअनुसार दिउँसो ३ : १५ बजे सुरु हुनेछन्।

भारतीय समयअनुसार दिउँसो ३ बजे, अफगानिस्तानमा दिउँसो २ बजे, पाकिस्तानमा दिउँसो २ : ३० बजे, श्रीलंकामा दिउँसो ३ बजे र बंगलादेशमा दिउँसो ३ : ३० बजे सुरु हुनेछ।

नेपाल, भारत र श्रीलंकामा स्टार स्पोर्ट्स नेटवर्कमा एसिया कप लाइभ हेर्न सकिनेछ। त्यस्तै ‘डिस्नी प्लस हटस्टार’मा पनि स्ट्रिम गरिनेछ। पाकिस्तानमा पीटीभी स्पोर्ट्स र टेन स्पोर्ट्सले प्रसारण अधिकार लिएको छ। बंगलादेशमा ‘टी स्पोर्ट्स’ र गाजी टिभीमा प्रत्यक्ष प्रसारण हुनेछ।

भारत र पाकिस्तानबीच कति खेलको सम्भावना?

एसिया कपमा भारत र पाकिस्तानको पहिलो खेल सेप्टेम्बर २ तारिखमा हुनेछ। यदि दुवै टिम सुपर-४ मा पुगे भने सेप्टेम्बर १० मा फेरि उक्त दुई टिमबीच खेल हुनेछ। सुपर-४ मा दुवै टोली शीर्ष स्थानमा रहे भने फेरि सेप्टेम्बर १७ तारिखमा दुवै टिमले फाइनल खेल्नेछन्। तर, अहिलेसम्म एसिया कपको फाइनल खेल भारत र पाकिस्तानबीच एकपटक पनि भएको छैन।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित