‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

समाजवादी मोर्चाले बुटवलमा भदौ १२ गते सन्देश सभा गर्ने, प्रचण्ड पनि आउँने

बुटवल । समाजवादी मोर्चाले भदौ १२ गते बुटवलमा मोर्चाको प्रदेश समिति घोषणा सहित सन्देशसभा गर्ने भएको छ ।

मोर्चाको तर्फबाट आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिदै उक्त सभाको तयारीमा मोर्चाका दलहरु जुटेको बताए । लुम्बिनीको घोषणा सभाको ब्यबस्थापनको जिम्मा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले लिएको समेत सम्मेलन मार्फत जानकारी गराईएको थियो ।

मोर्चामा आवद्ध दलहरु नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल, नेकपा एकीकृत समाजवादी र नेपाल कम्युनिष्ट पार्टीको ले तयारी तिब्र पारेको पत्रकार सम्मेलनमा जानाकारी गराइएको थियो । भदौ १२ गते बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने प्रदेशस्तरीय बृहत् सन्देशसभामा प्रधानमन्त्री प्रचण्ड, माधव नेपाल, विप्लव, उपेन्द्र यादव लगायतका नेता सहभागी हुने मोर्चाले जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाल कम्युनिष्ट पार्टी पोलिट् ब्युरो सदस्य एवं पुर्वी लुम्बिनी ब्युरो इन्चार्ज बसन्त सीले देशको राजनितिक अबस्था फेरीएको कारण देशमा बिगतमा भएका आन्दोलनको उपलब्धी माथी प्रहार हुने सम्भावना देश तथा विदेशी शक्तीको चलखेल बढ्न लागेको कारण मोर्चाको आवश्यकता रहेको बताए ।

नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रका सचिव तथा लुम्बिनी प्रदेश ईन्चार्ज हितमान शाक्यले मोर्चाको मुख्य उद्देश्य सरकारको कार्यक्रमलाई सहयोग गरेर जाने भएको बताउदै तत्काल पार्टी एकताको लागी मोर्चा नभएको र कालान्तरमा पार्टी एकताको दिशामा उन्मुख भएको समेत बताए ।

संविधानले परिकल्पना गरेको ‘समाजवादउन्मुख’ अर्थराजनीतिक रुपान्तरणका लागि नेपाली मौलिकता अनुरुपको समाजवादी बाटो तय गर्ने लक्ष्यका साथ चार पार्टीले गत असार ४ गते समाजवादी मोर्चा घोषणा गरेका थिए ।

मोर्चाको केन्द्रीय कार्ययोजना अनुरुप सातै प्रदेशहरुमा मोर्चाको प्रदेश समिति घोषणा र सन्देश सभा गर्ने कार्यक्रम अनुरुप बुटवलमा कार्यक्रम हुन लागेको हो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित