रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

बुटवल-११ को मगर महिला संघ वडा इकाई समितिमा पदस्थापन

बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर ११ नेपाल मगर महिला संघको वडा इकाई समितिमा शनिबार पदस्थापन भएको छ । यही श्रावण १८ गते सम्पन्न संघको छैटौँ अधिवेशनबाट सर्वसम्मत चयन भएको नयाँ कार्यसमितिलाई मगर संघ वडा इकाई समितिको माझ गाउँ स्थित आफ्नै भवनमा प्रमाण पत्र प्रदान गर्दै पदस्थापन गरिएको हो ।

मगर महिला संघ रुपन्देहीकी पूर्व उपाध्यक्ष कुमारी थापा मगरले मगर महिलाहरु अब चुलो चौकोमा मात्र सीमित नभएर समाज निर्माणको अगुवाईमा समेत सामेल हुनु पर्नेमा जोड दिइन् । उनले मगर महिलाहरु सबैको मन जितेर सिंगो मगर समूदाय र समाजको अगुवाई गर्न समेत सक्षम रहेको जिकिर गरिन् । उनले मगर महिला संघलाई साझा बनाउनु पर्नेमा समेत जोड दिइन् ।

नवनिर्वाचित कार्यसमितिमा उमादेवी थापा मगर अध्यक्ष, उपाध्यक्ष चन्द्रा सुनारी मगर, सचिव दुर्गा कुमारी थापा मगर, सह–सचिवमा गंगा राना र कोषाध्यक्षमा सिमा पुन मगर रहेकी छन् । यसैगरी सदस्यहरुमा चन्द्र कुमारी थापा, रिता पुन मगर, लिला कुमारी थापा मगर, सकुन्तला घर्ती मगर, लक्ष्मी राना मगर, मिना पुलामी मगर, कृष्णा थापा मगर, कोपिला राना मगर, चित्रा थापा मगर, कमला ठाडा मगर, र यम कुमारी आले रहेकी छन् ।

निर्वाचन समितिको संयोजक सकुन्तला पुन मगरको अध्यक्षता, नेपाल मगर संघ रुपन्देहीकी पूर्व उपाध्यक्ष कुमारी थापा मगरको प्रमुख आतिथ्यता र निर्वाचन समितिका सदस्य मनोज राना मगरको सञ्चालनमा पदस्थापन कार्यक्रम भएको थियो । नेपाल मगर संघ वडा इकाई समितिका अध्यक्ष कृष्ण बहादुर कुंवर मगर, हरी घर्ती मगर, मगर महिला संघ वडा इकाई समितिकी निवर्तमान अध्यक्ष मिरा आले मगर लगायतले शुभकामना व्यक्त गरेका थिए । नवनिर्वाचित अध्यक्ष उमादेवी थापा मगरले धन्यवाद तथा आभार व्यक्त गरेकी थिइन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित