मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

 युवाहरुलाई स्वदेशमै रोजगार दिने गरी सीपमूलक तालिम दिउँ -श्रेष्ठ

एमालेका नेता तथा लुम्बिनी प्रदेश सांसद भोजप्रसाद श्रेष्ठले युवाहरुलाई स्वदेशमै रोजगार दिने गरी सीपमूलक तालिम दिनुपर्ने बताएका छन् ।

युवाहरुलाई रोजगार बनाउन सकेमा देशको आर्थिक अवस्थामा सुधार आउने उनले बताए ।

नेपाल अटो मेकानिक्स टे«ड युनियनको केन्द्रीय प्राविधिक प्रशिक्षण भवनको शनिबार बुटवलमा उद्घाटन गर्दै युवा वर्गलाई लक्षित गर्नुपर्नेमा जोड दिए ।

लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्यमन्त्रीसमेत रहनुभएका सांसद श्रेष्ठले चुनौतीका साथ निर्माण गरिएको भवनलाइ व्यवहारिक रुपमा प्रयोगमा ल्याउन आग्रह गरे । उनले प्राबिधिकको युगमा विकाससंगै आर्थिक समृद्धिका लागि रोजगार महत्वपूर्ण हुने बताउंदै देशमा रोजगारी बढाउने गरी काम गर्नुपर्ने बताए ।

कार्यक्रममा नेपाल अटो मेकानिक्स टे«ड युनियन नाटुका केन्द्रीय अध्यक्ष प्रदिप घिमिरे, केन्द्रीय सल्लाहाकार, माधव पाण्डे, बुटबल उपमहानगरपालिका पूर्व उपप्रमुख गोमादेवी आचार्य, केन्द्रीय प्रतिनिधि प्रमुख जीवन अधिकारी, जिफन्ट केन्द्रीय सदस्य हरि कार्की जिफन्ट लुम्बिनी प्रदेश अध्यक्ष हुमाकान्त काफ्ले लगायतले बोल्दै युवाहरुलाई बिभिन्न किसिमका तालिमसंगै रोजगारमा जोड्नुपर्नेमा जोड दिए ।

करिब एक करोड लगानीमा निमार्ण भएको दुई तले भवनमा नेपालभरका अटो मेकानिक्सको क्षेत्रमा काम गर्ने मेकानिक्सहरुलाई तालिम दिइने अटो मेकानिक्स टे«ड युनियन नगर अध्यक्ष गणेश भट्टराईले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित