रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

जेसीआई नेपालको क्षेत्र घ सम्मेलनको तयारी पूरा

जेसीआई नेपालको क्षेत्र घ सम्मेलनको तयारी पूरा भएको छ । भदौ ८ गते शुक्रबारदेखि रुपन्देहीको मणिग्राममा हुने सम्मेलनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको बिहीबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको छ ।

सम्मेलनमा सहभागी हुन आउने प्रतिनिधिहरुको व्यवस्थापनदेखि उदघाटन समारोहको तयारीका काम सकिएको सम्मेलनको व्यवस्थापन गरिररहेको जेसीआई तिलोत्तमाका अध्यक्ष प्रकाश गौतमले जानकारी दिए ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लिबहादुर चौधरीले उदघाटन गर्ने सम्मेलनमा करिव एक हजार प्रतिनिधि सहभागी हुँदैछन् । उदघाटन समारोहमा एमाले पोलिटब्यूरो सदस्य एवं संघीय सांसद ठाकुर गैरे, काँग्रेस केन्द्रीय सदस्य एवं संघीय सांसद प्रदिप पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं संघीय सांसद मनिष झा वक्ताका रुपमा सहभागी हुने जेसीआई तिलोत्तमाका संस्थापक अध्यक्ष विनोद ढकालले बताए । सम्मेलन दुई दिनसम्म चल्ने छ ।

सम्मेलनले राष्ट्रिय महाधिवेशनका लागि क्षेत्रगत रुपमा एजेण्डा पारित गर्ने छ । हालसम्म भए गरेका कार्यक्रमको बारेमा पनि सम्मेलनमा छलफल हुने सम्मेलनका सभापति एवं क्षेत्र घ का निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जीवन कार्कीले बताए । राष्ट्रिय अध्यक्ष सिनेटर विकास मानन्धरको प्रकरण गोष्ठी (थिम सेमिनार), वक्तृत्वकला, उत्कृष्ट शाखालाई पुरस्कृत, विजनेश एण्ड वियोण्ड सम्बन्धी तालिमलगायतका कार्यक्रम पनि सम्मेलनका क्रममा हुने छन् ।


 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित