रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

शिव शिखर र तिलोत्तमाको सार्थक सहकारीमा पैसा डुब्यो ? ईप्रका बुटवलमा निबेदन दिन जानुस्

बुटवल । बचतकर्ताको रकम हिनामिना गरेपछि बन्द रहेको बुटवलको योगिकुटीमा अवस्थित शिव शिखर सहकारी र तिलोत्तमाको मणिग्राममा अवस्थित सार्थक बहुउद्देश्यीय सहकारीका पीडितहरुलाई प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ ।

सहकारीको बारेमा अनुसन्धान अघि बढेका कारण पीडितहरुले रकम जम्मा गरेको प्रमाणसहित ईलाका प्रहरी कार्यालय बुटवलमा सम्पर्क गर्न आग्रह गरिएको हो ।

तिलोत्तमा नगरपालिका–५ मणिग्राममा रहेको दर्ता नं. ४६/०७८/०७९ को सार्थक बहु उद्देश्यीय सहकारी संस्था र भक्तपुर जिल्ला ठिमि नगरपालिका अन्तर्गत कौशलटार मुख्य कार्यलय रही रुपन्देहीको बुटवल उप महानगरपालिका–१० योगिकुटीमा शाखा कार्यालय रहेको दर्ता नं. ५८८/०६९/०७० को शिव शिखर बहु उद्देश्यीय सहकारी संस्था बारे प्रहरीले अनुसन्धान अघि बढाएको हो ।

थप अनुसन्धानका लागि रकम जम्मा गरेका सेयर धनि तथा बचत कर्ताहरुको वचत रकम तथा सेयर सहकारीहरुले फिर्ता नदिई ठगी गरेको सम्बन्धमा अनुसन्धान भई रहेको जनाइएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित