मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

संसद अवरोधको मुख्य कारक सरकार र गठबन्धन हो- बर्तौला

 

बुटवल । नेकपा एमालेका सचेतक महेश बर्तौलाले संसद अवरोधको मुख्य कारक सरकार र गठबन्धन भएको बताएका छन् ।

प्रेस चौतारी रुपन्देहीले शनिबार बुटवलमा परेको पत्रकार भेटघाटमा बर्तौलाले जनताबाट चुनिएका सांसदहरुले संसदमा आफ्ना मागहरु राख्दा प्रतिपक्षले संसद अवरोध ग¥यो भनेर सरकार र गठबन्धनले भ्रम फैलाएको बताए ।

संसदमा उठेका विषयलाई सरकारले नजरअन्दाज गरेर गैरजिम्मेवार बन्न नमिल्ने भन्दै बर्तौलाले संसद खुलाउने जिम्मेवारी र दायित्व सरकारको हुने बताए ।

‘प्रतिपक्षी दलले उठाएका मागहरुमा सरकार जवाफदेही र जिम्मेवार हुनैपर्छ तर सरकार संविधानले नचिनेको गठबन्धनलाई अघि सारेर प्रतिपक्षका माग पूरा गर्न सकिन्न भनेर दादागिरी गरिरहेको छ’–बर्तौलाले भने–‘सरकारले संविधान, संसदीय मुल्यमान्यतामाथि लज्जास्पद आक्रमण गरिरहेको छ,यसै कारण संसद अवरोध हुन पुगेको हो तर प्रतिपक्षले संसद अवरोध गरेको भ्रम फैलाएको छ ।’

संसदमा प्रतिपक्षको विशेष अधिकार हुने तर प्रतिपक्षी दलका सांसदहरु बोल्दा सत्ता पक्षले दादागिरी गरेर संसदीय मुल्य मान्यताको धज्जी उडाएको बर्तौलाले आरोप लगाए ।

सुन तस्करी,ललिता निवास,भुटानी शरणार्थी,गौर हत्याकाण्ड लगायतका प्रकरणहरुमा प्रधानमन्त्रीले सत्ता साझेदार दलका नेताहरुलाई पालैपालो फाइल खोल्छु भनेर धम्काएर सत्ताको आयू लम्बाउने काम गरिरहेको बर्तौलाले आरोप लगाए ।

‘प्रधानमन्त्रीले फाइल खोल्छु भन्दै स्टन्ट गरेर शेरबहादुर देउवा,माधव नेपाल,उपेन्द्र यादव र बाबुराम भट्टराईसम्मलाई धम्काउंदै अघि बढेका छन्’–बर्तौलाले भने–‘सत्ताको आयू लम्बाउन पुर्वाग्रह सांधेर स्टन्ट गर्ने र धम्काउने हैन, सबै फाइल खोलेर निष्पक्ष छानवीन गर्न एमालेको चुनौति छ ।’

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित