रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

पुष्पा टण्डन मृत्यु प्रकरणः निष्पक्ष छानविन गर्न तिलोत्तमा नगरपालिकाको माग

बुटवल । तिलोत्तमा नगरपालिका वडा नं. ४ ड्राइभरटोलकी पुष्पा टण्डनको मृत्युको विषयमा घटनाको निश्पक्ष छानविन गरी सत्यतथ्य सार्वजनिक गर्न तिलोत्तमा नगरपालिकाले माग गरेको छ ।

नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले एक विज्ञप्ती जारी गरी घटनाको सत्यतथ्य छानविन गर्न प्रहरी प्रशासनलाई अनुरोध गरेको छ ।

घटनाको प्रकृति हेर्दा शंकास्पद देखिएको र पिडित पक्षबाट समेत विरोध प्रदर्शन भईरहेको अवस्थामा घटनाको निश्पक्ष छानविन गर्न र सत्यतथ्य बाहिर ल्याउन नगरपालिकाले माग गरेको छ ।

३६ वर्षीय पुष्पाको यहि साउन २७ गते सालझण्डी नजिकै फायरलाईन जंगलको रुखमा झुण्डिएको अवस्थामा शव फेला परेको थियो ।

जारी विज्ञप्तीमा भनिएको छ–‘यस घटनालाई महिला हिंसा र सामाजिक न्यायको दृष्टिकोणबाट पनि हेर्दै पिडित पक्षको न्यायको लागि तिलोत्तमा नगरपालिका समन्वय र सहकार्य गर्न तयार रहेको कुरा जानकारी गराउँदै दिवंगत पुष्पा टण्डन प्रति भावपूर्ण श्रद्धान्जली र शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछौं ।’

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित