
बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नंं ४ की पुष्पा टण्डनको मृत्यु आत्महत्या नभई हत्या भएको परिबारले बताएका छन् ।
नयाँमिल दुर्गा मन्दिर पथकी ३६ बर्षिय पुष्पा २७ गते विहान रुपन्देहीको सालझण्डी फायरलाएनको जंगलमा मृत भेटिएकी थिईन ।
२६ गते घरबाट स्कुटर लिएर हिडेकी पुष्पाको स्कुटर भने अस्पताल लाईनमा भेटिएको थियो । घर देखि करिव २५ किलोमिटर टाढा पुगेर जंगलमा आत्महत्या गरेकी पुष्पाको मृत्यु ‘लेनदेन’ का कारणले भएको परिबारले बताएको छ ।
घर नजिकका छिमेकी लक्ष्मी पोखरेल भुसाल र उनका श्रीमान रञ्जित भुसाल संग लेनदेन व्यवहार भएको र त्यहि व्यवहारले उनले आत्महत्या गर्नुपरेको मृतकका श्रीमान केशव टण्डनले बताए ।
पुष्पालाई आत्महत्या गर्न बाध्य पारेको भन्दै मृतकका परिबारले उनै भुसाल दम्पत्तीलाई आत्महत्या दुरुसाहन सम्बन्धी किटानी जाहेरी दर्ता गराएका छन् ।
ईलाका प्रहरी कार्यालय सालझण्डीमा मृतकका परिबारले लक्ष्मी र रञ्जित विरुद्ध किटानी जाहेरी दिएको र त्यहि आधारमा दुवै जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं प्रबक्ता श्यामु अर्यालले बताए ।
‘आत्महत्या दुरुसाहन विरुद्ध किटानी पछि उहांहरुलाई पक्राउ गरिएको छ । घटनाको शुष्म ढंगले अनुसन्धान अघि बढेको छ । थप तथ्यहरु प्राप्त हुने क्रममा छन्’ उनले भने ।
प्रहरीले मृतक पुष्पाको कल डिटेल निकालेर पनि अनुसन्धान गरिरहेको बताएको छ । यसबाट पनि लेनदेख को संग भएको भन्ने स्पष्ट खुल्ने विश्वास प्रहरीको छ ।
मृतक पुष्पाले २० पानाको सुसाईड जस्तो ‘नोट’ लेखेको पनि भेटिएको छ ।
प्रहरीले त्यो ‘नोट’ पनि अनुसन्धान गरिरहेको बताइएको छ ।
उक्त नोटमा पुष्पा र रञ्जित संग १७ लाख ८० हजारको व्यवहार रहेको र रकम उठाउन अरु व्यक्तिको प्रयोग गरेर धम्की दिएको समेत भेटिएको मृतकका आफन्त विकास टण्डनले बताए ।
‘त्यो नोटमा कसले धम्की दिएको छ भन्ने समेत लेखिएको छ । हामीले किटानी दिदा त्यो नाम दिएका छैनौ । प्रहरीले त्यो डायर लगेर गएको छ’ उनले भने ।
सालझण्डी फायरलायनमा रहेको जंगलको एक रुखमा झुण्डिएको अबस्थामा मृत फेला परेकी पुष्पाको लक्ष्मी र रञ्जित संग केही हप्ता अघि पनि झगडा भएको बताइएको छ ।
लक्ष्मीले उनका श्रीमान रञ्जित र मृतक पुष्पा बीच अनैतिक सम्बन्ध राखेको भन्दै पुष्पालाई तनाव र धम्की दिएको पनि परिबारजनले बताएका छन् ।
‘लक्ष्मीले यो आरोप पुष्पालाई लगाएकी थिईन । आरोप पुष्टि भएको केही देखिदैन ।
उनले लेखेको २० पानाको डायरीमा पनि यो सम्बन्ध बारे केही लेखेको छैन् । त्यसमा लेनदेनको कुरा मात्र छ’ मृतकका आफन्त टण्डनले भने ।
गुल्मीको गुल्मीदरवार गाउंपालिका–४ बिरबास भट्टेचौंर घर भएकी पुष्पाको परिबा २०७२ सालदेखि रुपन्देहीमा बसोबास गर्दै आएका थिए ।
मृतक पुष्पाका १ छोरा र १ छोरी छिन् ।
घटना हुनु अघि सम्म कोरियामा रहेका मृतक पुष्पाका श्रीमान केशव टण्डन अहिले नेपाल आएर श्रीमतीको न्यायका लागि अपिल गरिरहेका छन् ।
श्रीमान केशवले पुष्पा आत्महत्या गर्न सक्ने कायर व्यक्ति नभएको र कसैले मृत्यु वरण गर्न बाध्य पारेको बताए ।