‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

सुन तस्कर संग मेरो कुनै सांठगांठ छैन–महरा

बुटवल । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महराले सुन तस्करसंग आफ्नो कुनैपनि सांठगांठ नभएको दाबी गरेका छन् ।
दाङको घोराहीमा मंगलबार पत्रकारहरुसंग कुरा गर्दै महराले सुन प्रकरणमा आफूविरुद्ध सञ्चारमाध्यममा गलत अफवाह फैलाइएको जिकिर गरे ।
सुन तस्करी प्रकरणमा जोडिएका चिनिया नागरिक वाङलाई आफूले फलफूल व्यापारीको रुपमा केहिवर्ष देखि चिनेको र त्यही रुपमा मात्रै कुरा गरेको महराले दावी गरे ।
वाङसंग सुनका बारेमा कहिल्यै फोनमा कुराकानी नभएको महराले बताए । महराले वाङले एकजना साथीको इलेक्ट्रोनिक चुरोट भन्सारमा रोकिएको र भन्सारबाट निकालिदिन आग्रह गर्दै आफूकहां आएको स्वीकार गरे ।
सोही आधारमा आफूले भन्सारका कर्मचारीसंग कुरा गरेको र हेरेर कानुनअनुसार काम गर्न मात्रै आग्रह गरेको उनको भनाई छ । ‘आशंका लाग्छ भने सुन तस्करी प्रकरणमा राज्यलाई सघाउन आफू तयार छु’ उनले भने ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित