मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

कन्चन गाउँपालिकाले असारे विकासलाई निरुत्साहित गर्न अहिल्यै देखि थाल्यो सक्रियता

बुटवल । रुपन्देहीको कञ्चन गाउँपालिकाले चालू आर्थिक बर्ष २०८०÷०८१ को सुरुको पहिलो महिनाबाटै वडा तहबाट सम्पन्न हुने योजना छनोट गर्न र कार्यान्वयन प्रभावकारी बनाउन सकृयता देखाएको छ । यसबाट असारे विकासको प्रवृत्ति अन्त्य गर्न सहयोग पुग्ने पालिकाको विश्वास छ ।

बर्षको १२ महिनामध्ये ११ महिना त्यत्तिकै बस्ने र अन्तिमको असार महिनामा सवै योजना एकैपटक सम्पन्न गर्न खोज्ने असारे प्रबृत्तिलाई निरुत्साहित गर्न कञ्चन गाउँपालिकाले अहिलेदेखि नै सकृयता देखाएको छ ।

आर्थिक बर्षको पहिलो साउन महिनामै पालिकाले योजना कार्यान्वयन गर्नका लागि प्रारम्भिक चरणको सूचना समेत प्रकाशन गरेको छ ।

पालिकाले आईतवार एक सूचना प्रकाशित गरि वडागत  सिलिङबाट विनियोजन भएका योजनाहरु मध्ये उपभोक्ता समितिबाट कार्यान्वयन गर्न सम्भव हुने योजनाहरुको पहिचान गरि उपभोक्ता समिति गठन गरि भाद्र मसान्तभित्र विवरण पठाउन निर्देशन दिएको छ ।

पालिकाले अहिलेदेखि नै योजना कार्यान्वयनमा सकृयता देखाउँदा आर्थिक बर्षको अन्तिम महिनामा हुने कामको चाप कम गर्न सहयोग पुग्ने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सागर गौतमले बताए ।

पालिकाले यसरी उपभोक्ता समिति गठन गरेको विवरण प्राप्त भएपछि उपभोक्ता समितिका पदाधिकारीहरुलाई अभिमुखीकरण तालिम प्रदान गरेर मात्र योजना सम्झौता गर्ने जानकारी गराएको छ ।

त्यसैगरी पालिकाले तोकिएको समयभित्र विवरण उपलब्ध नगराएको अवस्थामा पालिका आफैले नै अन्य खरिद विधिमार्फत योजना कार्यान्वयन प्रकृया अघि बढाउने समेत जनाएको छ ।

पालिकाले सवै वडा कार्यालयलाई पत्र पठाउँदै समयमै तोकिएको ढाँचामा उपभोक्ता समिति गठन गर्न निर्देशन दिएको छ ।

कञ्चन गाउँपालिकाले विकासका काममा कुनैपनि प्रकारको ढिलाई नगर्न यसअघि पनि पटक पटक निर्देशन दिएको थियो । पालिका अध्यक्ष नवराज ढकालले समेत १० लाख माथिका योजना ठेक्कामार्फत गर्ने र त्यसभन्दा तलका योजनामात्र उपभोक्ता समिति मार्फत गराउन निर्देशन दिएका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित