‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

राष्ट्रिय युवा संघ बुटवल उपमहानगर कमिटीको अध्यक्षमा बोहोरा

बुटवल राष्ट्रिय युवा संघ बुटवल उपमहानगर कमिटीको शनिबार बुटवलमा सम्पन्न १८ औं नगर अधिवेशनले गणेशबोहोराको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको अधिवेशनले उपाध्यक्षमा विरु लामिछाने, सचिव राजेन्द्र थापा, सहसचिव थमन पुन विजय भुसाल तथा कोषाध्यक्ष कुशल थापा रहने गरी ३५ सदस्य कमिटी गठन गरेको हो

अधिवेशनको उद्घाटन सत्रमा बोल्दै राष्ट्रिय युवा संघका केन्द्रीय अध्यक्ष क्षितिज थेवेले मुलुकका हरेक आन्दोलनहरुमाराष्ट्रिय युवा संघले महत्वपूर्ण भूमिका खेल्दै आएको बताए युवा आन्दोलनको एक नेतृत्वदायी संगठन राष्ट्रिय युवासंघ भएको बताउँदै उनले धेरै कुराहरु प्राप्त गर्न सफल भएको उल्ले गरे नीति निर्माण राज्यको नेतृत्व गर्ने तहमाराज्यले अवसर प्रदान गर्नुपर्ने उनले बताए

युवाहरु आन्दोलनका लागि मात्रै होइन पार्टीको नेतृत्वतहमा समेत पुग्नेगरी काम गर्न आग्रह गरे पार्टी मुलुकलाईसही ढङ्गबाट अघि बढाउनका लागि युवा संघका सदस्यहरु नेतृत्व लिने गरी तयारीमा लाग्न उनले आग्रह गरेका हुन् संगठनलाई थप सुदृढ बनाउँदै रचनात्मक सशक्त ढङ्गले अगाडी बढाउनका लागि बैचारिक रुपमा समेत प्रशिक्षितहुँदै अघि बढ्नु पर्ने उनले बताए

नव निर्वाचित नेतृत्वलाई बधाई तथा शुभकामना व्यक्त गर्दै नेकपा एमाले रुपन्देहीजिल्ला अध्यक्ष तेजेन्द्र केसीले थप एकतावद्ध संगठित भएर काम गर्न आग्रह गरे

अधिवेशनको अवसरमा बोल्दै नेकपा एमाले रुपन्देही जिल्ला कमिटीका उपसचिव चित्रबहादुर केसी, सचिवालयसदस्य ऋषिराम पाण्डे, राष्ट्रिय युवा संघका महासचिव सुमन पुरी, नेकपा एमाले बुटवल नगर कमिटीका अध्यक्षकिशन ज्ञवाली, राष्ट्रिय युवा संघ रुपन्देहीका ईन्चार्ज नकुल शाही, युवा नेता अर्जुन पौडेल लगायतले युवाहरु अबराजनीतिक आन्दोलनमा मात्र नभई सिर्जनशिल कार्यमा समेत लाग्न आग्रह गरे यसैगरी राष्ट्रिय युवा संघ रुपन्देहीकाअध्यक्ष विकास बस्नेत लगायतले बोल्दै जिल्लाका अन्य पालिकाहरुमा समेत अधिवेशन सम्पन्न गरिने जानकारी दिए

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित