रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

स्वास्थ्य क्षेत्रमा परिर्वतन गर्न सरकार लाग्नुपर्छ–पुर्वमूख्यमन्त्री गिरी

बुटवल । लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री तथा नेकपा एमाले पोलिटब्युरो सदस्य लिला गिरीले शिक्षा र स्वस्थ्य मौलिक अधिकारमा पर्ने भन्दै सरकार यो विषयमा गम्भिर भएर लाग्नुपर्ने बताएका छन् ।

राजनीतिक पार्टीहरु संगठन निमार्ण गर्नेमात्र नभई सामाजिक विषयबस्तुमा समेत अग्रसर हुन जरुरी रहेको बताउंदै स्वास्थ्य क्षेत्रको परिर्वतनमा सरकार गम्भिर भएर लाग्नुपर्ने बताए ।

स्वस्थ्य जनता समृद्धिको आधार नारासहित स्वस्थ्य तथा जनसंख्या विभाग, नेकपा एमाले जिल्ला कमिटिको आयोजनामा स्वस्थ्यसंग सम्बन्धि विभिन्न विभागमा कार्यरत पार्टी पदाधिकारी र सदस्यहरुलाई एक दिने स्वस्थ्य विषयक गोष्ठी तथा (मृगौला रोग सम्बन्धि) सिएमई कार्यक्रममा बोल्दै उनले अझै पनि स्वास्थ्य सवैको पहुंचमा नभएको भन्दै सर्वसुलभ स्वास्थ्य बनाउन सरकारले पहल कदमी लिनुपर्ने बताए ।

कार्यक्रममा वरिष्ठ मृगौला रोग विशेषज्ञ डा शक्ति बस्नेतले ब्यक्तिले आफ्नो स्वस्थ्य सचेतनामा ध्यान दिनुपर्ने बताए ।

नेपालको कुल ३ करोड जनसंख्यामा ३० लाख मानिसको मृगौला समस्या रहेको चिकित्सकहरुको तथ्याकमा देखिएको उनले दाबी गरे । विश्वब्यापी रुपमा हेर्दा औषत १० प्रतिशतमा मृगौला खराब देखिएको उनको भनाई छ ।

मृगौला फेल हुनुको मुख्य कारणमा मधुमेह र उच्च रक्तचाप हुने देखिएको भन्दै खानपान रहनसहनमा ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा डा सागर न्यौपानेले मानव स्वस्थ्य सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । यसैगरी कार्यक्रममा नेकपा एमाले पोलिटब्युरो सदस्य दधिराम न्यौपाने, केन्द्रीय अनुसासन आयोगका उपाध्यक्ष नेत्र पन्थी, के सी शिवराज सुवेदी, जिल्ला अध्यक्ष तेजेन्द्र केसीले गम्भिर विषयको उठान गरि समाधानको उपायसमेत पेश गरेका थिए ।

कार्यक्रममा स्वस्थ्य तथा जनसंख्या विभाग, नेकपा एमाले जिल्ला कमिटिका प्रमुख सुनिल श्रेष्ठले धेरै अध्ययन र छलफलबाट कार्यक्रम तय गरिएको भन्दै आम नागरिकको जिवनमा छुने गरि स्वस्थ्यसंग जोडेर कार्यक्रम गर्ने बताए ।

स्वस्थ्यसंग सम्बन्धि विभिन्न विभागमा कार्यरत पार्टी पदाधिकारी र सदस्य १ सय ७९ जना सहभागी रहेको सचिव केदार नेपालले बताए ।

कार्यक्रममा स्वस्थ्य क्षेत्रमा योगदान दिएका नेपाल फार्मेसी संघको केन्द्रीय अध्यक्ष किरण ढकाल र नेपाल औषधी ब्यवसायी संघ रुपन्देही जिल्ला शाखाका उप–कोषाध्यक्ष केदार नेपाललाई सम्मानपत्र र खादाबाट सम्मान गरिएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित